Loading... आजः बुधबार, असार ९, २०७८

नेपाल मगर बिद्यार्थी संघ जाजरकोटको अध्यक्षमा पुन


जाजरकोट । नेपाल मागर बिद्यार्थी संघ जाजरकोटको अध्यक्षमा राजेन्द्र विवश पुन मगर निर्वाचित भएका छन् । शुक्रवार खलंगामा सम्पन्न मगर बिद्यार्थीको ५ औ जिल्ला अधिवेसनले पुन मगरलाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो । पुन मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

बिहिवार देखि सुरु भएको मगर बिद्यार्थीको अधिवेसनबाट उपाध्यक्षमा हेमराज पुन मगर, सचिवमा भरत प्रकाश घर्ती मगर, सहसचिवमा आकाश बुढा मागर, कोषाध्यक्षमा कविता रोका मगर सर्वसहमत निर्वाचित भएका हुन् ।

सदस्यहरुमा विनोद घर्ती, प्रदिव वुढा, निरु बुढा, प्रकाश घर्ती, गिता घर्ती, तारा पुन, ललिता पुन, प्रदिव घर्ती, अनिल थापा, रमेश थापा, चन्द्रा थापा रोका, ललिता पुन, सुनिता थापा, राजन थापा रहेका छन् ।

मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापा मगरले सर्वसहमत नयाँ नेतृत्वको घोषणा गर्दै सफलताको शुभकामना सहित बधाई दिएका छन् । अध्यक्ष थापाले अवको मगर विद्यार्थीहरु निकै शिक्षित र प्रगतिशील हुनु पर्ने बताए । हिजोको जस्तो हाम्रो समुदाय छैन अव हामी हरेक क्षेत्रको नेतृत्व गर्न सक्छौ त्यही ढंगले अगाडी बढ्नुहोस अध्यक्ष थापाले भने ।


ताजा समाचार