Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जब विद्यार्थी पढाउँन थाले जाजरकोटका प्रहरी प्रमुखले……

जाजरकोट। जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले विद्यालयमा पढाउन थालेका छन् । उनले शिक्षकका रूपमा नभई प्रहरीकै रूपमा विद्यालयमा पढाउने गरेका हुन् । हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ देशव्यापी रूपमा सञ्चालन भइरहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उनले विद्यालयमा पढाउन थालेका हुन् ।

आधुनिकतासँगै समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन तथा साइबर अपराधविरुद्ध युवा विद्यार्थीलाई सचेत गराउन उनले विद्यालयमा पढाउने गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतको विद्यालय सम्पर्क अभियानमार्फत विभिन्न विद्यालयमा कक्षा ९–१२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षालगायतका विषयहरू बुझाउन प्रहरीले विशेष अभियान चलाएको प्रनाउ सिंहले बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले जिल्लाका सबै माध्यमिक विद्यालयमा सचेतना कक्षा सञ्चालन सुरु गरेको उनले बताए । सो क्रममा सबै माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सचेत गर्ने र शिक्षकलाई जानकारी दिने उद्देश्य रहेको प्रहरीले जनाएको छ । कार्यक्रममा प्रहरी अधिकृतहरूले सहजीकरण गर्ने गरेका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन प्रहरीले मुलुकभर सो अभियान सुरु गरेको छ । अपराधविरुद्ध जनतालाई सचेत बनाउन र युवाहरूमा बढ्दै गएको लागूऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगबाट बढ्दो साइबर अपराध नियन्त्रण गर्न प्रहरीले देशव्यापी रूपमा अभियान सुरु गरेको हो ।

किशोर र विद्यार्थीहरूमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागूऔषध दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेका बेला यो कार्यक्रम प्रभावकारी हुने शिक्षकहरूले बताए । प्रहरीको यस अभियानले किशोर तथा युवा उमेरका विद्यार्थीहरूलाई सामाजिक विकृति र अपराधबाट टाढा रहन सहयोग गर्ने त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक गणेश अधिकारीले बताए । प्रहरीले चलाएको चेतनामूलक विद्यालय सम्पर्क कार्यक्रमले विद्यार्थीलाई कुलतमा लाग्नबाट रोक्ने शिक्षक अधिकारीले विश्वास लिएका छन् ।

प्रहरीको यस्तो कार्यक्रम जिल्लाभरि नै सञ्चालन गर्नुपर्ने शिक्षक–विद्यार्थीहरूको माग रहेको छ । प्रहरीले यो अभियान सुरुमा जिल्लाको भेरी नगरपालिकाभरि सञ्चालन गरी जिल्लाव्यापी बनाउने तयारी गरेको छ ।

भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस : 


ताजा समाचार