Loading... आजः बुधबार, असार ९, २०७८

भेरी नगरपालिकाद्धारा ऐन, नियम र कानुन वारे जनप्रतिनिधिहरुलाई अभिमुखिकरण


जाजरकोट । जाजरकोटमा स्थानीय सरकारले आफ्ना जन प्रतिनिधिहरुलाई आफुले निर्माण गरेका कानूनको वारेमा अभिमुखिकरण शुरु गरेको छ । जिल्लामानै पहिलो पटक भेरी गनरपालिकाले आफ्ना कर्मचारी र जन प्रतिनिधिलाई अभिमुखिकरण शुरु गरेको हो ।

नगरसभा वाट पास भएका ३० वटा कार्यविधिहरुलाई लागु गरी नगरवासीहरुलाई सेवा प्रभावकारी वनाउन आफ्ना सवै कर्मचारीर नगर सभाका सदस्यहरुले सहज रुपमा वुझेर स्थानीय स्तरमा नागरिकलाई सहज रुपमा वुझाउन सकुन भनेर प्रशिक्षण गरिएको भेरी गनरपालिका मेयर चन्द्र प्रकाश घर्तीले वताउनु भयो ।

जाजरकोटमा ७ स्थानीय तह भए पनि आफुले वनाएका ऐन नियम कार्यविधि कानूनहरुको वारेमा आफु भित्रै अभिमुखिकरण गर्ने भेरी नगरपालिका पहिलो वनेको छ । नगरले यस अघि नागरिक वडा पत्र समेत सवै वडाकार्यालयमा राखिसकेको छ ।

अहिलेको वर्तमान अवस्थामा सु शासनलाई टेवा पुग्ने गरी टल फ्रि नम्वर संचालन , मोवाइल एप्स मार्फत नगरका गतिविधि जानकारी दिने प्रविधि , रेडियो कार्यक्रम, नगर भित्रका नागरिकलाई स्रोतको वारेमा जानकारी दिने स्रोतको खोजि पुस्तिका प्रकाशनलगाएतका काममा असल शासन क्लव जिल्ला समन्वय समितिले हेल्भेटास नेपाल स्वीस इन्टरकोपरेशनको सहयोगमा भेरी नगरपालिकाका विभिन्न गतिविधिमा सहयोग पुर्याउदै आएको छ ।

मंगलवार देखि शुरु भएको अभिमुखिकरणमा भेरी नगरपालिकाका नगर सभाका सदस्यहरु र कर्मचारी सहित ८४ भन्दा वढिको सहभागीता भएको भेरी नगरपालिकाका कानून अधिकृत प्रकाश कुमार शाहीले जानकारी दिनु भयो ।

आफ्नो सरकारको नियम कानूनका वारमो स्पष्ट भए पछि अभिमुखिकरण कार्यक्रम निकै प्रभावकारी भएको भेरी नगरपालिकाका नगर सभा सदस्य रमेश गौतमले जानकारी दिनु भयो ।

आफुहरुको अधिकार क्षेत्र वारे प्रष्ट नहुदा वडा अध्यक्ष र आफुहरु वीचमा असहमतिहरु भएका कारणपनि जनताले सेवा राम्रो पाउन नसकेको अवस्थामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर असल शासन कार्यक्रमले आफुहरुको आखा खोलिदिएको भेरी नगरपालिका वडा नं ४ का वडा सदस्य भद्र वहादुर शाहीले भन्नु भयो ।

यस्ता तालिम अभिमुखिकरण कार्यक्रम सवै वडामा गर्न सकेमा भोलिका दिनमा नगरपालिकाको सेवा प्रभावकारी वनाउन झन सजिलो हुने समेत वहाको भनाइ थियो ।

तालिम कार्यक्रमको उदघाटन सत्र भेरी नगरपालिकाका मेयर सि पि घर्तीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप प्रमुख ज्ञानी प्रसा शर्माको प्रमुख आथित्यता र सु शासन कार्यक्रम हेल्भेटास नेपाल जाजरकोटका कार्यक्रम प्रमुख शान्ति राईको आथित्यतामा सम्पन्न् भएको हो तालिमको सहजिकरण मेयर चन्द्र प्रकाश घर्ती, असल शासनकर्मी वालकुमार शर्मा , भेरी नगरपालिकाका कानून अधिकृत प्रकास कुमार शाही , राजेन्द्र विक्रम शाह, लगाएतले पहिलो दिनको कार्यक्रममा सहजिकरण गर्नु भएको थियो भने वुधवार पनि अभिमुखिकरण जारी रहने भेरी गनरपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार