Loading... आजः बुधबार, असार ९, २०७८

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यम अब वर्गीकरणमा नपर्ने

काठमाडौं । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले वर्गीकरण नगर्ने भएको छ। काउन्सिलले जनकपुर घोषणापत्र जारी गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडियालार्इ सरकारबाट उपलब्ध हुने सेवा–सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गर्ने समेत निर्णय गरेको हो।

मंसिर २० देखि २२ सम्म जनकपुरमा सम्पन्न प्रेस काउन्सिल नेपालको पूर्ण बोर्ड बैठकले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने र यसका लागि कार्यविधि बनाउने निर्णय पनि गरेको छ।

 ‘सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ’ जनकपुर घोषणापत्रमा भनिएको छ,’वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य वीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गरिनेछ।’


ताजा समाचार