Loading... आजः बुधबार, असार ९, २०७८

तेस्रो जाजरकोट महोत्सव पुस ११ गतेदेखि

जाजरकोट । उद्योग बाणिज्य संघ जाजरकोटले आउँदो पुस ११ गतेदेखि जाजरकोट महोत्सव गर्ने भएको छ । संघले शुक्रबार जिल्ला सदरमुकाममा एक कार्यक्रम गरी आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म जाजरकोट महोत्सव गर्ने जानकारी दिएको हो ।

संघले‘कला संस्कृतिक,वातावरण,पर्यटन,कृषि,उत्पादन र व्यसायीकरण हाम्रो अभियान आत्मानिर्भर स्वाभिमानी र सम्मुनत जाजरकोटको निर्माण’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागेको उद्योग बाणिज्य संघ जाजकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला वासीको आयस्तरमा वृद्वि गर्न कृषि तथा पशुपालन व्यवसायीकरण ,व्यापार तथा पर्यटनको प्रवद्वन उद्यमशिलताको विकास गरी आर्थिक वृद्वि गर्ने, परमपरागत कृषि तथा पशु पालन प्रणालीलाई आधुनिक व्यवसायीकरण गरी कृषकहरुको जिवन स्तरमा सुधार गरीने, उद्यमशिलताको विकास गदै जिल्लालाई औद्यगिकरण तफ उन्मुख गदै व्यवसाय क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गरी आर्थिक उन्नति गर्ने लगायतका उद्येश्यका साथ माहोत्वस गर्न लागेको हो ।

सन्तुस्टि र गुणस्तरमा वढुवा दिने जिल्लामा उत्पादित कृषि,पशु,वन र उद्योगबाट उत्पादित वस्तुहरुको प्रर्दशनी गरी बजारीकरणमा सहजता ल्याउन, कृषि,व्यापारी र सरोकारवाला कार्यालय तथा संघ संस्थाहरु विच सम्वन्ध विस्तार गरी कृषिको आधुनिकरण तथा व्यवसायीकरणमा जोड दिने वातावरणको सृजना गर्ने, स्थानिय विकास र लगानीमा पर्यटन तथा उद्योग र व्यापार क्षेत्र समावेश गर्न र निर्यातजन्य संजाल वनाउन सहयोग पु¥याउने, जिल्लाका पर्यटकीय र औद्योगीक तथा व्यापारीक महत्वका विषय र क्षेत्रको प्रचार प्रसार सहित ग्रामीण अर्थतन्त्रको आधारको रुपमा स्थापित गर्न सहयोग पु¥याउने, विश्मा लोप उन्मुख विभिन्न जैविक सम्पदा तथा विभिन्न प्रजातिका जिवजनवारहरुको संरक्षण तथा प्रवद्धनको प्रचार प्रसार गरी वन तथा वातावरण संरक्षणमा सहयोग पु¥याउने जस्ता बिबिध उदेश्यका साथ महोत्सव गर्न लागिएको खत्रीले बताए ।

संघले महोत्सवमा करीब ५० हजार दर्शक सहभागी हुने भन्दै महोत्सवकका लागि करीब ३७ लाख ६० हजार रुपैँया खर्च हुनसक्ने अनुमान गरेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागीता हुने उनले बताए ।

भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस : 

यो पनि हेर्नुहोला : 

https://www.youtube.com/watch?v=Z2qbLYoLbrs


ताजा समाचार