Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

अच्चम्मका वडाअध्यक्षः वडाबाट बजेट छुट्याएर किनिदिए युवाहरुलाई क्यारमबोर्ड


बाँके । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ । क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो । नाम नबताउने शर्तमा एकजना वडासदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको बताउनुभयो ।

क्यारमबोर्ड खेलमा ठूलो जुवा समेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ । वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांशले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् ।

अधिकारकर्मी प्रकाश उपाध्यायले वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु स्थानीय सरकारकै लागि गलत ट्रेन्ड हुने बताउनुभयो । यो समाचार हामीले उज्यालो अनलाइनबाट लिएका हौ ।

भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस : 


ताजा समाचार