Loading... आजः बुधबार, असार ९, २०७८

स्थानिय पुर्वाधार विकास साझेदारी कार्याक्रम : पहिलो प्राथामिकता सडक (पुर्ण विवरणसहित)

जाजरकोट । स्थानिय पुर्वाधार विकास साझेदारी कार्याक्रम अन्तरगत जाजरकोटमा सडकलाई पहिलो प्राथामिकता दिइएको छ । जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत संयोजक रहेको निर्देशक समितिले सडकलाई प्राथामिकतामा राखेको हो ।

संघिय सांसदका लागि एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट मध्यवाट सकड प्राथामिकतामा परेको हो । जस अन्तरगत २० ओटा योजना छनोट गरिएको निर्देशक समितिका संयोजक एवं वन मन्त्री बस्नेतले जानकारी दिनु भयो । पालेपाटा मनघाट पिपलतरा अन्दरकोट सडक छेडागाड नगरपालिका १२ का लागि ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै अन्य ९ वटा नयाँ तथा सडकको स्तरउन्नतिको लागि रकम विनियोजन गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन अन्तरगत जाजरकोट स्कुल अफ हेल्थ एलाइड सान्सेजको पुर्वाधार निर्माणको लागि पनि ५० लाख रकम विनियोज गरिएको छ । सडक संगै शिक्षा, स्वास्थ्य, खानेपानि, सिचाई र कृषिका बभिन्नि योजनाहरुलाई जोड दिदै छनोट गरिएको छ ।

परामर्ष समितिको सुझावका आधारमा योजनाहरु छनोट गरिएको राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठले जानकारी दिनु भयो । शुक्रवार बसेको निर्देशक समितिको बैठकले २० वटा योजनाहरु छनोट गरेको हो ।

प्रतिनिधिसभाका सांसद एवं वन तथा वातावरण मन्त्री बस्नेत संयोजक रहनु भएको समितिमा राष्ट्रि सभाका सदस्य कालि बहादुर मल्ल र भैरव सुन्दर श्रेष्ठ सदस्य हुनुहुन्छ । कार्यक्रममा जिल्लाका सातै वटा स्थानिय तहका प्रमुखहरुको सहभागीता रहेको थियो ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्याक्रम अन्तरगत छनोट भएका योजना तथा कार्यक्रमहरु  :

भिडियो हेर्नुहोस 


ताजा समाचार