Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

प्रविधि मैत्री नगरपालीकाकाे सबै सेवाहरु मोवाइल एपमा

जाजरकोट । प्रविधि प्रयोगले जीवनयापनलाई सजिलो बनाएको छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै भेरीनगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिन थालेको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकाका काम, कारबाही र गतिविधिलाई प्रविधिमैत्री बनाउने प्रयास सुरु गरेको नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नरपालिकाले इन्टरनेट र प्रविधि प्रयोग गरी सर्वसाधरणलाई दिने सेवा प्रभावकारी बनाउन लागेको नगर प्रमुख घर्तीले बताए ।‘सूचनाको क्षेत्रमा भइरहेको परिवर्तनले प्रविधि प्रयोग गर्न अनिवार्य सिक्नुपर्ने समय आएको छ,ले ‘नगरपालिकालाई जन्ताले सहजै आफनो सेवासुबिधा बारेमा जानकारी लिनको लागि प्रविधिमैत्री नगरपालिका बनाउने गरि हाल नगरपालिकाले मोबाइल एप सञ्चालनमा ल्याएको समेत घर्तीको भनाइ रहेको छ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउन मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। प्रविधि प्रयोगलाई प्राथमिकता दिन नगरपालिकाले मोबाइल एप्लिकेसन तयार गरेको प्रमुख घर्तीले जानकारी दिए। भेरीनगरपालिकाको परिचय, गृह नक्सा, सामाजिक सुरक्षा, कर्मचारी विवरण, सेवा प्रवाह कार्य्विधि, वार्षिक कार्यक्रम लगायतका बारेमा एपबाट जनताले घरमौ बसेर जानकारी लिन सकिने नगरपालिकाले जनाएको छ । नगर कार्यपालीकाको बोर्डका निर्णयहरू, योजनाहरू, सूचना, नगरपालिकाभित्र फोहोरमैला संकलन कार्यतालिका लगायतका बारेमा जानकारी एपमा राखिएको भेरी नगरपालीकाका सुचना प्रबिधि अधिकृत ई.सुर्य प्रसाद लम्सालले जानकारी दिए ।

नगरपालिकामा रहेको कर तथा शुल्कहरू, नियम–कानुनबारे पनि जानकारी लिन सकिने सुविधा एपमा जोडिएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख तथा कर्मचारीहरू कार्यालयमा रहे नरहेको जानकारी एपबाटै लिन सकिन्छ । यसले कर्मचारी कार्यालयमा नरहेका बेला कार्यालयमा गएर पर्खेर बस्नुपर्ने बाध्यता हट्ने समेत नगर प्रमुख घर्तीको भनाइ रहेको छ । एप बाट प्रत्येक वडा कर्यालयलाई समेत तोकी सुझाब तथा गुनासो नगरपालिका तथा वडाबाट प्रदान गरिने सेवा तथा सुबिधा ,वडा कार्यालयको विवरण ,वडा अनुसार समस्या दर्ता, महत्वपूर्ण स्थान जस्तै पर्यटकीय स्थल, अस्पताल,शैक्षिक संस्था, होटल, वैंक, प्रशासनिक क्षेत्र आदिलाई सिधै गूगल म्यापबाट पत्ता लगाउन ,

आपतकालीन नं. हरु अस्पताल, प्रहरी कार्यालय लगायतका अन्य महत्वपूर्ण कार्यालयको मोबाइल नं. कार्यालयबाट पारित ऐन,नियम,कार्य्विधि आदि हेर्न तथा म्यधलयिबम गरी हेर्न समेत सकिने नगरपालीकाले जनाएको छ ।


ताजा समाचार