Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

देउसी खेलेर संकलन भएको रकम विद्यालयलाई सहयोग

जाजरकोट । जाजरकोट दमदालाका युवाहरुले देउसी भैलो खेलेर संकलन गरेको एक लाख ६ हजार रुपैया स्थानिय एक विद्यालयलाई सहयोग गरेका छन् ।

प्रगतिशिल युवा क्लव र दमदाली युवा समुहले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको एक लाख ६ हजार पाँच सय रुपैया कुशे गाँउपालिकाको दमदाला स्थित पशुपति माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रधानाध्यापक टीकाराम वली र भीमबहाददुर थापालाई भैली समुहका संयोजक उदयबहादुर थापाले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सामुदायिक विद्यालयको रुपमा रहेको यो विद्यालयमा प्रत्याप्त दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर पठन पाठन गर्नु पर्ने बाध्यता छ भने अर्का तिर प्रयाप्त शैक्षिक सामग्री र फर्निचरको अभाव छ । विद्यालयका अनगिन्ति समस्या मध्य थोरै भएपनि सहयोग पुग्ला भनेर आफुहरुले भैली खेलेर संकलन गरेको रकम विद्यालयलाई सहयोग गरेको संयोजक थापाले बताए ।

देउसी भैलो खेलेर संकलन भएको एक लाख ४८ हजार पाँच सय रुपैया मध्य खर्च कटाएर बाँकी रहेको रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो । दमदालाका युवाहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम विद्यालयलाई दिएर उदाहरणीय काम गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । उक्त रकम विद्यालयको शैक्षिक उन्नयनमा खर्च गरिने उनको भनाई छ ।


ताजा समाचार