Loading... आजः बुधबार, असार ९, २०७८

सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

कोहलपुर । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ ।

मोटरसाइकलमा घर जाँदै गर्दा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुर विद्युत रोडमा ठक्कर दिंदा गम्भीर घाइते शाहीको उपचारका क्रममा निधन भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, भे २ प ३०२ नम्बरको मोटरसाइकलमा सवाररत् शाही भ्यानको ठक्करपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना गरिएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

लोक गायिका सपना शाहीकी आमा गोमा शाही लामो समयदेखि नेमकिपाको राजनीतिमा सक्रिय थिइन् । दुर्घटनामा परी मोटरसाइकल चालक अन्जिर शाही घाइते छन् ।


ताजा समाचार