Loading... आजः बुधबार, असार ९, २०७८

कर्णाली प्रदेशमै एक अत्याधुनिक वडा भवन


जाजरकोट । जिल्लाका सवै स्थानिय तहका आफ्नै भवन छैनन् । तिनिहरुले घर भाडामा लिएर कार्यालय संचालन गर्दै आइरहेका छन् । तिन वटा नगरपालिका र चार वटा गाउँपालिकाले अहिले सम्म पनि भाडाका घरबाट कार्यालय संचाल गरिरहेका छन् ।

जिल्लाको पश्चिममा रहेको छेडागाड नगरपालिका पनि घर भाडामा लिएर सेवा संचालन गरिरहेको छ । तर सोही नगरपालिकाको एक वडाले भने आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ ले तिन तले अत्याधुनिक भवन बाट सेवा दिइरहेको हो ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित समुदायिक विकास कार्याक्रम द्धारा भवन निर्माण भई हाल वडाले सेवा दिइरहको स्थानिय युवा सरोज जंग शाहिले जानकारी दिए । करिव पाँच महिनामै भवन निर्माण भएपछि केही दिन अघि वडालाई हस्तान्त्रण गरिएको छ । र हाल सोई अत्याधुनिक भवनबाट वडा कार्यालय सेवा दिइरहेको वडाअध्यक्ष महेन्द्र बहादुर शाहीले जानकारी दिए ।

एक करोड ७२ लाख ३६ हजार लागतमा भवन निर्माण भएको सिडीपीका जिल्ला प्रमुख काशिराम कार्कीले जानकारी दिए । वडाभवन हस्तान्त्रण कार्यक्रममा नगर प्रमुख लाल बहादुर महताराले नमुना भवन निर्माण भएको भन्दै सिडिपी लाई धन्यबाद दिएका छन् । उनले कार्णाली प्रदेशमै अत्याधुनिक वडा भवन मध्य यो भवन पनि एक भएको बताए ।

भिडियो हेर्नुहोस :


ताजा समाचार