Loading... आजः बुधबार, असार ९, २०७८

दुर्घटना न्युनिकरणको लागि जनचेतना


जाजरकोट। छिन्चु जाजरकोट सडक खण्डमा सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । बिहिवार ,शुक्रवार जिल्ला टाफिक कार्यालय जाजरकोटले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।

जाजरकोट जिल्लामा चहाड बहाडको समयमा क्षेमता भन्दा बढि यात्रु बोक्ने ,तोकिएको भाडा दर भन्दा बढि भाडा असुल्ने लगाएतका जन गुना आए पछि सो कार्य न्यूनिकरणको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार जाजरकोट जिल्लामा बिभिन्न सवारी साधन बाट बिगतमा धेरै जनधनको क्षती भएको हाल तिहारको समयमा यसको न्यूनिकरण गर्नको लागि टाफिक प्रहरी प्रमुख आन्सीक भण्डारीको कमनमा परिचालन गरिएको सिंहले बताए ।

सवारी चालक र स्थानिय लाइ सडकमैं बिहिवार भेरी न.पा.१३ कुदुमा रशुक्रबार शिवालय गा.पा. १ छेडाचौरमा अस्थाई जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलिले सवारी चालक तथा परिचालकलाई सडक सुरक्षा सम्बन्धि सवारी चालक बर्गहरुमा ओभरटेक र सवारी क्रश गर्दा ईन्डिकेटर र लाईट सम्बन्धि जानकारी तथा सचेतना गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख आन्सिक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार दुर्घटना न्यूनिकरण गर्न हाईवे चेकिङ्ग गर्दा सिट क्षमता भन्दा धेरै यात्रु बोक्ने, यात्रुहरुसँग तोकिएको भन्दा बढि भाडा लिने, ट्राफिक नियम विपरित कार्य गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने सवारी साधनलाई कारवाही समेत गरिएको थियो । जम्मा कारबाहि ३० वटा सवारी साधन बाट १५हजार ५सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


ताजा समाचार