Loading... आजः बुधबार, असार ९, २०७८

बिद्यार्थीले समयमै मार्कसीट नपाउँदा फर्म भर्न ढिलाई

जाजरकोट, १७ कार्तिक । जुनेचाँदे गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती आधारभुत बिद्यालयका शिक्षकको लापरवाहीको कारण बिद्यार्थीहरुको परीक्षा फर्म भर्न ढिलाई भएको छ । कक्षा ९ मा पढ्ने बिद्यार्थीहरुले यही महिनाको २७ गतेसम्म परीक्षा फर्म भर्नुपर्ने भएपनि हालसम्म मार्कसीट नपाएपछिबिद्यार्थीहरु समस्यामा परेको बताउँछन् ।
यही महिनाको २७ गतेसम्म कक्षा ९ को परीक्षा फर्म भरीसक्नु पर्ने भएपनि हालसम्म मार्कसीट नपाएकाले परीक्षा दिन पाउने वा नपाउने भन्ने बारे अन्योल गरेहको बिद्यार्थीहरु बताउँछन् । ‘हामीले फर्म भर्न पाएनौँ भने परीक्षा पनि दिन पाउँदैनौँ’ सोही बिद्यालयमा कक्षा ९ मा पढ्ने एक बिद्यार्थीले भनिन्, ‘सरहरुले आफैँले २७ गतेसम्म फर्म भरीसक्नु पर्छ भन्नु हुन्छ । तर, अहिलेसम्म हामीले हाम्रो कक्षा ८ पास गरेको मार्कसीट पनि पाएका छैनौँ ।’ बिद्यार्थीहरुले शिक्षकलाई आफ्नो मार्कसीट माग्दा केही दिनमा आउने वाहाना गर्ने गरेको भन्दै बिद्यार्थीहरुले गुनासो गरे ।
                                         डाटा इन्ट्री गर्दा साथीहरुले छुटाएछन् ः प्रअ कार्की
कक्षा ८ का बिद्यार्थीहरुको बिबरण पेश गर्दा बिद्यालयमा कार्यरत शिक्षकले केही बिद्यार्थीहरु बिबरण पेश गर्न छुटाएकाले बिद्यार्थीहरुलाई समयमै मार्कसीट नदिएको प्रधानाध्यापक अमृत कार्कीले बताएका छन् । बिद्यार्थीहरुको डाटा इन्ट्री गर्दा लापरवाही गर्ने शिक्षकलाई निरुत्साहीत गर्नका लागि कानुनी कारवाही गर्नुपर्ने ठाउँमा उक्त घटनालाई प्रअ कार्कीले सामान्य रुपमा लिएका छन् ।
‘डाटा इन्ट्री गर्दा साथीहरुले बिद्यार्थीको नाम छुटाएछन्’ उनले भने, ‘हामीले बिद्यार्थीको मार्कसीट दिन खोज्दा डाटा इन्ट्री गर्दा छुटेपछि त्यहाँ लेख्नुपर्ने नम्बर भेटेनौँ त्यसैले त्यो छुटेको हो । तर, आज हामे लेखापालले सबै बिद्यार्थीको मार्कसीट लिएका छन् । अब केही दिनमा नै हामी बिद्यार्थीलाई दिन्छौँ । बिद्यार्थीले २७ गते भित्रै परीक्षा फर्म भर्न पाउँछन् ।’ बिद्यार्थीको डाटाइन्ट्री गर्दा लापरवाही गर्ने शिक्षक रुद्रप्रसाद शर्मा रहेको उनले बताए । शिक्षक शर्माले कक्षा ८ बाट २१ जना बिद्यार्थीको बिबरण पेश गर्नुपर्नेमा मात्रै दस जनाको पेश गरेका छन् ।


ताजा समाचार