Loading... आजः बुधबार, असार ९, २०७८

छेडागाडमा अबैध बन फडानी, सम्बन्धीत निकाय बेखबर


जाजरकोट,१७ कार्तिक।  छेडागाड नगरपालिका वडा नम्बर ५ चङ्खीलामा अबैध रुपमा बन फडानी भईरहेपनि सम्बन्धीत निकाय बेखबर रहेको छ । नगरपालिकाको उक्त ठाउँमा बन फडानी सुरु भएको आधा महिना हुँदापनि पनि सम्बन्धीत निकायका कर्मचारी त्यस बिषयमा जानकार नभएको बताउँछन ।

चङ्खीलामा सोही ठाउँका स्थानीयहले फडानी गरीरहेको करीब आधा महिना बितिसकेको स्थानीयहरु बताउँछन् । ‘त्यहाँ त्यसरी मनपर्दी रुपमा बा फडानी गर्न सुरु गरेको १६÷१७ दिन भईसक्यो’ सोही ठाउँका स्थानीय नवरारज शाहीले भने, ‘मनपर्दी बनको काठ काट्दै मान्छेहरुले अन्तै लगि रहेका छन् । तर, सम्बन्धीत निकायका कर्मचारहिरु कोहीपनि नियन्त्रणमा आउँदैनन् ।’
                              बन उपभोक्ता समितीका अध्यक्ष नै तस्करको पक्षमा
बन क्षेत्रलाई संरक्षण गर्नका लागि ओगले अम्रई पाखा बन उपभोक्ता समितीको अध्यक्ष भएका हेन्द्रबहादुर रावतले तस्करहरुसँग सम्झौता १३ ट्याक्ट्रर काठ लगेको अर्का स्थानीय बताउँछन् । ‘बनको संरक्षण गर्छु भनेर बन उपभोक्ता समितीमा बस्ने मान्छे नै बन फडानी गर्नेसँग मिलेका छन्’ नाम नबताउने भन्दै अर्का स्थानीयले भेरीमालिकासँगको फोन सम्पर्कमा भने, ‘उपभोक्ता समितीका अध्यक्षले नै त्यसरी बन फडानी गर्नेसँग मिल्ने हो भने बाँकी बनको भबिश्य के होला ?’
                                         वडा कार्यालयले सूचना टाँस्यो, कारवाही शुन्य
छेडागाड नगरपालिका वडा नम्बर ५ चङ्खीला भईरहेको बन फडानी रोक्न भन्दै वडा मार्फत सूचना टाँस गरेपनि आफुले उनीहरुलाई नियन्त्रणका लागि कुनै पहल नगरेरको वडा अध्यक्ष महेन्द्र बहादुर शाही ले स्वीकार गरेका छन् । ‘हामीलाई त्यहाँको बन पैदावर उपयोगका लागि कुनै जानकारी दिएको थिएन्’ उनले भने, ‘तर, त्यहाँ त्यसरी बन फडानी हुँदै छ भन्ने थाहा पाएपछि मैले त्यसो गर्नु गलत भएकोले नगर्न भन्दै वडा मार्फत करीब १५ दिन पहिले सूचना टाँस पनि गरेको थिए ।’ चङ्खीलामा बन फडानी भईरहेको सूचनाको आधारमा आफुले सूचना टाँस गरेपनि उक्त ठाउँमा आफु नगएको उनले बताए ।
                            बन कार्यालय एक्लैले कारवाही गर्न सक्दैन ः बन हाकीमको थर
छेडागाड नगरपालिका वडा नम्बर ५ चङ्खीलामा अबैध रुपमा बन फडानी भईरहेको बारे आफुहरुलाई जानकारी नभएको जिल्ला बन कार्यालय जाजरकोटका कार्यालय प्रमुख नेपाली शाहले बताए । ‘हामीलाई त्यो बिषयमा केही जानकारी छैन्’ उनले भने, ‘हामीले यस आर्थिक बर्षमा कहिकसैलाई पनि बन पैदावर उपयोग गर्नका लागि अनुमती दिएका छैनौँ । यदी त्यहाँ बन फडानी भएको भएँ हामीलाई कहाँ, कस्ले, कहिलेदेखि कति । बन फडानी गर्नेको हुलीया समेृेत दिनु भयो भने हामी नियम अनुसार कानुनी प्रकृयामा जान्छौँ ।’
बन फडानी गर्नु अनैतीक काम भएको तर्क गर्दै उनले बन फडानी गर्नेको बिरुद्ध बन कार्यालय एक्लैले मात्रै कारवाही गर्न नसक्ने बताए । ‘बन कार्यालयले मात्रै चाहेर अनैतीक काम गर्नेलाई कारवाही गर्न सकिँदैन’ उनले भने, ‘हामीले त बिभिन्न ठाउँबाट सहयोग जुटाएर मात्रै बनको बिनास गर्न खोज्नेलाई कारवाहीको दायरामा ल्याउने हो । र बनको संरक्षण गर्नु सबै नागरीकहरुको दायीत्व पनि हो ।’
                                              हामीले आफ्नै भोगचलनको जग्गा उपयोग गरेका हौँ ः रावत
जग्गा फडानी गरेको भन्ने बिषयमा भ्रमात्मक सूचना दिएको जानकारी गराउँदै आफुले आफ्नै पुर्खाहरुले भोगचलन गरेको जग्गा उपयोग गरेको गणेश बहादुर रावतको भनाई छ । ‘त्यो जग्गा हाम्रो बाजे बजैहरुले बिगत पहिल्यैदेखि भोगचलन गरेको जग्गा हो’ उनले सञ्चारकर्मि सँगको फोन सम्पर्कमा भने, ‘यो जग्गा लामो समयदेखि बाँँझो थियो । अब त्यहाँ नजिकै नगरपालिका बस्ने भन्ने छ । यदी बस्यो भने हाम्रो जग्गाको केही मुल्य आउँछ की भनेर संरक्षण गर्न हामीले त्यहाँ सफा गरेका हौँ ।’ उक्त जमीन आफ्नो अ‍ैजनी रहेको बताउँदै उनले त्यहाँ रहेको ठुला रुख फडानी नगरी स—साना रुख मात्रै फाडेको रावी गरे । बिगतका समयमा जाजरकोटका पत्रकारहरुले सोही ठाउँमा मान्छे मृत अबस्थामा मरेको थाहा पाउँदा पनि वेवास्ता गर्ने गरेको र अहिले कसैले दिएको भ्रमात्मक सूचनालाई ठूलो बनाउन खाजेको भन्दै उनले गुनासो गरे ।


ताजा समाचार