Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

सुर्खेतका सुविन नेपाल आइडलबाट बाहिरिए (हेर्नुहाेस भिडियाे )

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन-२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सुविन सिंह बाहिरिएका छन्।

‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए।

कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले समेत उनको फरक खालको स्वरको खुलेर प्रशंसा गरेका थिए। शुक्रबारको कार्यक्रममा सुविन नेपालको राष्ट्रिय झन्डा बोकेर मञ्चमा देखा परे। विक्रम र सुविनले ‘ठूलाठूला महल होइन’ बोलको गीतमा संयुक्त प्रस्तुति दिएका थिए। उनीहरूले गीत गाइरहँदा सबै दर्शक र जज मन्त्रमुग्ध थिए।

प्रतिस्पर्धाको नियम नै हो, एकजनाले जित्न अरूले हार्नुपर्छ। नेपाल आइडलको फाइनल जति नजिक जान्छ यसका सहभागीबीच प्रतिस्पर्धा झनै कडा बन्छ। कोहीभन्दा कोही कम छैनन्। सबै सुमधुर गाउँछन्। सबैले स्वरको जादु चलाउँछन्। सबै प्रतिस्पर्धीले टाइटल विजेता बन्ने उद्देश्य राखेका छन्। शुक्रबारको कार्यक्रममा टप नौ सहभागीबीच प्रतिस्पर्धा भएको थियो।

शुक्रबार बाहिरिएका सुर्खेतका सुविन नेपाल आइडलका चर्चित प्रतियोगी हुन्। सानैदेखि संगीतमा रुचि राख्ने उनी यही क्षेत्रमा विशेष गर्न चाहन्छन्। नेपाल आइडल आउनुअघि उनी कतार बसेर फर्किएका हुन्।

अलिकति जिम्मेवारी, अलिकति खुसी र थोरै दुःख लागेको बताउँदै उनले नेपाल आइडलले आफ्नो लक्ष्य पूरा गर्न बाटो खोलिदिएकोमा कार्यक्रमप्रति आभारी व्यक्त गरे। कार्यक्रमको अन्तिममा जब प्रस्तोताले आज बाहिरिने प्रतियोगीका रूपमा सुविनको नाम उच्चारण गरे। तब मञ्चमा सन्नाटा छायो। आँखाभरि टिलपिलाएका आँसु रोक्दै सुविन जबर्जस्ती हाँस्ने कोसिस गर्दै थिए। जजहरू शब्दविहीन देखिन्थे।

शुक्रबार वरिष्ठ संगीतकार नातिकाजीको १५ औं स्मृति दिवस। उनले संगीत दिएको ‘शुभकामना’ बोलको गीत प्रस्तुत गर्दै नेपाल आइडल टिमले उनलाई सम्झियो।


ताजा समाचार