Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ यसकाे लागी जनमत सङ्ग्रह हुनैपर्छ : डा. शशांक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले आगामी चुनावमा हिन्दुराष्ट्रको एजेण्डा लिएर जाने घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री कोइराला हिन्दु राष्ट्रको पक्षमा लविङ गर्दै आएका छन् । प्राईम टाईम्स टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा कुरा गर्दै कोइरालाले यस्तो खुलासा गरेका हुन् ।

उनले भने,‘आगामी चुनावमा म हिन्दूराष्ट्रको एजेण्डा लिएर जान्छु, त्यसपछि बन्ने सरकारले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्छ ।’

उनले आगामी महाधिवेशनमा आफू सभापति बन्नेसमेत दाबी गरे । पार्टी्भित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कार्यकर्ताले नरुचाउने पनि उनको भनाई छ । उनले भने,‘उहाँहरु जो उठ्दा पनि म सभापतिको लागि उठ्छु ।’

उनले कोइराला परिवारबाट आफू नै सभापतिको लागि उठ्ने जनाए । म सभापति बन्नेगरि जानेछु ।’


ताजा समाचार