Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जुम्लामा २८ टन किताबसहितको स्तुपा

जुम्ला । नागरिक उड्डयान तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले जुम्लामा देशकै ठूलो बौद्ध स्तुपा उद्घाटन गरेका छन् । मुगाली समुदायद्वारा निर्माण गरिएको चन्दननाथ नगरपालिका–४ सिंगाचौरको स्तुपा प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

झण्डै ७२ फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुपा पर्यटक आकर्षणको केन्द्र बिन्दुको रुपमा विकास हुने मन्त्री अधिकारीले बताए । देशका पुरातात्तिक सम्पत्ती संरक्षण सम्र्बद्धनको लागि राज्यको तर्फबाट हरेक प्रकारका सहयोग सर्मथन रहने उनले बताए ।

२०६८ सालबाट निमार्ण सुरु गरिएको स्तुपामा नुनदेखि सुनसम्म प्रयोग गरिएको छ । साथै,भोकमरी नहोस् र उत्पादन बृद्धिको लागि विभिन्न अन्नपातको प्रयोग समेत स्तुपामा गरिएको छ ।

जनजातीका अगुवा फुर्वा छिरिङ लामामा अनुसार ‘स्तुपा निर्माणमा विभिन्न धातुहरुको प्रयोगदेखि अमेरिकाबाट सहयोग भएको झण्डै २८ टन किताब प्रयोग भएको छ । स्तुपा निर्माणको लागि करीब ३० करोड रुपैयाँ खर्च भएको उनले बताए ।

यसैबीच मन्त्री अधिकारीले पूर्व शान्ति तथा पुन स् निर्माण राज्य मन्त्री एंव तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य स्वर्गिय डिल्ला बहादुर महतको शालीक अनावरण गरेका छन् । शालीक नेकपा पार्टी कार्यालयको प्रांगढमा निर्माण गरीएको छ ।

नयाँ पत्रिका बाट


ताजा समाचार