Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

ह्रस्व दीर्घ गीतकाे अपार सफलतापछि स्कुलले ल्यायो देउसी भैलो गीत (भिडियो सहित)

काठमाण्डाै । तिहारको अवसर पारेर काठमाडौं शंखमुलको अवार्नेस इन्टरनेशनल एकेडेमीले देउसी भैलो गीत सार्वजनिक गरेको छ ।

यसअघि ह्रस्व, दीर्घको नियम सिकाउने तीजको गीतले चर्चा पाएपछि स्कुले उस्तै शैलीमा संघीयता र पुनर्संरचनाबारेको देउसी भैलो गीत सार्वजनिक गरेको हो ।

गीतमा सातवटा प्रदेश, स्थानीय तह, सातै प्रदेशमा उद्योग, कलकारखाना, पर्यटकीय क्षेत्र लगायतका विषय समेटिएको छ ।

स्कुलका प्रवन्ध निर्देशक समेत रहेका शिक्षक विमल घिमिरेले तयार पारेको गीत खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेको लय र विमल घिमिरे, खगेश्वर गिरी र स्कुलका विद्यार्थीहरुको आवाज छ । सामाजिक विषयको शिक्षण सामाग्रीलाई देउसी भैलो गीतको लयमा प्रस्तुत गरिएको छ ।


ताजा समाचार