Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

पिपिएल : हेर्नुहाेस् कुन खेलाडीकाे कस्ताे प्रदशन, ब्याटिङमा विदेशीकाे दवदवा

पाेखरा नेपालको इतिहासमा सर्वाधिक ठुलो धनराशीको क्रिकेट टि-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगिता पोखरामा चलिरहेको छ ।

नेपाली क्रिकेटलाई विश्वसामु र उचाईमा पुर्याउन सक्ने यो प्रतियोगितामा नेपाल लगाएत विभिन्न राष्ट्रका नाम चलेका खेलाडीले खेलीरहेका छन् । यसले नेपाली क्रिकेटलाई केही हदसम्म फाईदा पुग्ने देखिन्छ र नयाँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउन मदत गरेको छ ।

उक्त प्रतियोगिता मध्य सम्म पुग्दा  कुन खेलाडीले कस्तो प्रदशन गरेका छन् त हामी यसै विषयमा छलफल गर्नेछौँ ।

क्रिकेटमा नेपालकाे कमजाेर पक्ष भनेकाे ब्याटिङ हाे र याे प्रतियाेगितामा पनि मध्यसम्म अाईपुग्दा नेपालका नाम चलेका ब्याट्सम्यानहरु चल्न सकेका छैनन् भने केही युवाहरुले अाैसत ब्याटिङ गरेका छन् । याे प्रतियाेगिताकाे ब्याटिङमा विदेशी खेलाडी कै दवदवा देखिन्छ भने बलिङमा नेपाली बलरकाे दवदवा देखिन्छ ।

चर्चा गराै ब्याटिङ र बलिङमा चलेका ३ खेलाडीहरुकाे

ब्याटिङतर्फ

१. गाैरव ताेमार : भारत उत्तर प्रदेशका दायाँ हाते ब्याट्सम्यान गाैरव ताेमार पाेखरामा जारी पिपिएलमा अहिले सम्म रन बनाउने खेलाडीमा पहिलाे स्थानमा छन् । काठमाण्डाै राेयल्सबाट खेलिरहेका उनले मात्रै २ खेलमा करिब ८१ काे अाैसतमा १ सय ६१ रन बनाएका छन् । उनले लगातार २ अर्धसतक प्रहार गरका छन् । धनगडि विरुद्ध उनले बनाएकाे ९५ रननै अहिलेसम्मकाे उच्च स्काेर हाे भने विराटनगर विरुद्ध ६६ रन प्रहार गरेका थिए ।

२. रबि इन्दर सिह मेहरा: भारतकै पन्जापका वाँयाहाते ब्याट्सम्यान रभि इन्देर सिह मेहरा पाेखरा पल्टनबाट खेल्दै  जारी पिपिएलमा रन बनाउनेमा दाेस्राे स्थानमा रहेका छन् । उनले ३ खेलबाट करिब ४०काे अाैसतमा १ सय २० रन बनाएका छन् । चितवन विरुद्ध ६५ रनकाे इनिङ उनकाे उच्च स्काेर हाे ।

३. मुहम्मद जैद अलाम: १८ वर्षे पाकिस्तानका दायाँहाते अलराउन्डर  मुहम्मद जैद अलाम जारि पिपिएलमा अहिलेसम्म रन बनाउने खेलाडीमा तेस्राे स्थानमा रहेका छन् । उनले विराटनगर टिटानबाट खेल्दै ४३काे अाैसतमा २ खेलबाट ८६ रन बनाएका छन् । काठमाण्डाै विरुद्ध ६७ रन प्रहार गरेका थिए ।

बलिङतर्फ
१. साेमपाल कामी : नेपालका चर्चित र सफल अलराउन्डर साेमपाल कामी जारी प्रतियाेगितामा सर्वाधिक विकेट लिने खेलाडीमा अहिलेसम्म  पहिलाे स्थानमा रहेका छन । बुटवल ब्लास्टरकाे कप्तानि समेत समालिरहेका कामीले २ खेलमा ६ विकेट लिएका छन् । चितवन विरुद्ध ४ विकेट हात पारेका थिए ।

२. करण केसी: नेपालका अर्का सफल अलराउन्डर करण चितवनबाट खेल्दै अहिलेसम्म विकेट लिनेमा दाेस्राे स्थानमा छन् । उनले २ खेलबाट कुल ५ विकेट हात पारेका छन् ।

३. जितेन्द्र मुखिया: लामाे समयपछि क्रिकेटमा कमब्याक गरेका अाेर्कर ब्वाईकाे उपमा पाएका बलर जितेन्द्र जारि पिपिएलमा अहिलेसम्म सर्वाधिक विकेट लिनेमा तेस्राे स्थानमा छन् । विराटनगरबाट खेलिरहेका उनले ३ खेलबाट कुल ५ विकेट हात पारेका छन् ।


ताजा समाचार