Loading... आजः बुधबार, असार ९, २०७८

पुरुषले सम्वन्ध विच्छेदका मुद्दा दर्ता गर्ने क्रम बढ्दो

जाजरकाेट । पछिल्लो समय जाजरकोटमा पुरुषले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने क्रम बढेको छ । नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरुले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने क्रम बढेको हो ।

गत भदौ १ बाट नयाँ मुलुकि संहिता लागुभएसंगै जिल्लामा पुरुषले पनि अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न थालेका हुन । श्रीमतिका कारण संगै बस्न नसकिने भन्दै पुरुषले अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने गरेका छन । पछिल्लो २ महिनाको अबधिमा जिल्ला अदालतमा दर्ता भएका ४८ वटा सम्वन्ध विच्छेदका मुद्धा मध्य १३ वटा पुरुषहरुले दर्ता गरेका छन ।

पहिले नगन्य मात्रामा पुरुषले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरे पनि यो बर्ष पुरुषले मुद्दा दर्ता गर्ने क्रम बढेको जिल्ला अदालत जाजरकोटका निमित्त श्रेस्तादार उज्वलदेब रावलले वताए । भदौ १ गते देखि असोज मसान्त सम्म पुरुषका तर्फवाट अदालतमा १३ वटा मुद्दा दर्ता भएका छन । हाल सम्म कुनै पनि मुद्दाको फैसला नभएको उनले बताए । अघिल्लो वर्ष महिलाहरुले सम्वन्ध विच्छेदका लागि ७८ वटा मुद्धा अदालतमा दर्ता गरेका थिए । वैदेशिक रोजगार, घरेलु हिंसा, अन्तरजातिय बिबाह र वालविवहाका कारण जिल्लामा सम्वन्ध विच्छेदका मुद्धाहरु वढेको अधिबक्ता सहदेब शाहले बताए । पुरुषले अदालतमा सम्वन्ध विच्छेदका मुद्धा दिदा महिला माथि अरुसंग शारिरीक सम्वन्ध राखेको, घर सल्लाहा विना वाहिर डुल्ने गरेको, परिवार प्रति लामो समय वेवास्ता गरेको, घरमा आफुहरुलाइ शारीरीक तथा मानसिक यातना दिने गरेको जस्ता आरोपहरु लगाउने गरेको अधिबक्ता शाहको भनाइ छ ।

नयाँ मुलुकी संहिताले पुरुषले सम्वन्ध विच्छेदका मुद्धा दिन पाउने भएपनि सो मुद्धामा एक वर्ष सम्म फैसला गर्न नमिल्ने दुवै पक्षका विचमा मेलमिलापको लागि पहल गर्नु पर्ने व्यवस्था गरेको छ । सम्वन्ध विच्छेदका मुद्धा दिने अधिकांस महिला र पुरुषहरु कलिलो उमेरको हुने गरेको पाइएको छ । सम्बन्ध बिच्छेद गर्नेहरुले अर्को बिबाह गर्ने प्रचलन बढ्न थालेको छ । पुरानो परम्परा, गरिवी, अशिक्षा र प्रविधिको गलत प्रयोगले सानैमा विहे गर्ने र विहे गर्ने उपयुक्त उमेरमा सम्वन्ध विच्छेद गरेर दोस्रो बिबाह गर्ने गलत परम्पराको अन्त्यका बालबिबाह रोक्नु पर्ने आवाज उठ्न थालेको छ । सरोकारवाला निकायहरुले जिल्लामा वालविवहा विरुद्ध अभियान चलाउनु पर्ने महिला अधिकारकर्मीहरु बताउछन । स्कुले वालवालिका र २० वर्ष उमेर नपुगेका युवायुवतीहरुलाइ बालबिबाह सम्बन्धि परामर्ष दिने र आर्थिक सामाजिक र शारिरीक परिपक्वतापछि मात्र विहे गर्नुपर्छ भन्ने भावना जागृत गराउने कार्यक्रम स्थानीय सरकारले लागु गर्नु पर्ने महिला अधिकारकर्मी बिजया नगरकोटीको भनाई छ ।


ताजा समाचार