Loading... आजः बुधबार, असार ९, २०७८

जातिय विभेद र छुवाछुत बिरुद्ध र्याली

जाजरकोट । जातिय विभेद तथा छुवाछुत बिरुद्ध जाजरकोटको शिवालय गाउँपालिकामा र्याली निकालिएको छ ।

स्थानीय मानव अधिकार पैवरवी सञ्जालको अगुवाई तथा स्थानीय वासीको सक्रियतामा शुक्रबार शिवालय ८ पोख्रामा र्याली निकालिएको हो । र्यालीको आयोजना साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले गरेको थियो । र्यालीपछि कोणसभामा बोल्दै वडा नं. ८ का वडा अध्यक्ष जसवीर वलीले मानिस–मानिस सबै एउटै भएकाले जातिय आधारमा छुवाछुत गर्नु अपराध हुने बताए ।

उनले आफ्नो वडामा जातिय विभेद र छुवाछुत अन्त्य गर्नका लागि सोही अनुसार नीति तथा कार्यक्रमहरु सञ्चालन गर्ने जनाए । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानबहादुर सुनारले आत्मसम्मानका साथ बाँच्ने पाउने अधिकार सबै मानिसको आधारभूत मानव अधिकार भएको हुँदा कसैलाई छुवाछुत तथा विभेद गर्न नहुनेमा जोड दिए । उनले कसैले जातियका आधारमा विभेद वा छुवाछुत गरेमा कानुन संवत कारबाहीको समेत व्यवस्था भएको बताउँदै कानुन कडा रुपमा कार्यान्वयनका ल्याउन स्थानीय सरकार समक्ष अनुरोध गरे ।

‘सबै प्रकारका जातिय विभेद समूल अन्त्य गरौँ । सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एकजुट होऔँ ।’ भन्ने मूलक नाराका आयोजना गरिएको र्यालीमा ६० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको साझा आवाज कार्यक्रमका फिल्ड अधिकृत जितेन्द्र बुढाले जानकारी दिए ।


ताजा समाचार