Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

विभेदकारी निति नसच्चाए आन्दोलनमा जाने युवा चिकित्सक संघको घोषणा

काठमाडौ । नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परिक्षाका लागि विदेशमा चिकित्सा अध्ययन गरेकाहरुको हकमा १ बर्षे इन्टर्नसिप चाहिने नियम प्रकाशित गरेपछि सो निर्णयको कडा आलोचना भइरहेको छ ।

विशेषज्ञ देखि विध्यार्थीहरुले सो निर्णयको आलोचना गर्दै विभेदकारी नियम तत्काल खारेज गर्न माग गरेका छन् । सो निर्णय तत्काल कार्यान्वयनमा नल्याउन माग गर्दै निर्णय नसच्चाए कडा आन्दोलनमा उत्रिने युवा चिकित्सक संघ अध्यक्ष डा. चेतन बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

संस्थाको नेतृत्व गर्दै डा। चेतन बस्नेतले काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्मालाई सो पत्र बुझाएका छन् । विभेदकारी नियम लादेको भन्दै काउन्सिल घेराउ कार्यक्रम पनि हुने भएको छ । युवा चिकित्सक अभियन्ता डा. हुलास अग्रवालले कार्तिक १२ गते ११ बजे मेडिकल काउन्सिल घेराउ कार्यक्रममा उपस्थित हुन सबै चिकित्सकहरुलाई अपिल गरेका छन् ।

अर्का अभियन्ता डा।उत्सव तिमिल्सिनाले काउन्सिलमा ताला नै लगाइदिने चेतावनी दिएका छन् । नेपाल मेडिकल काउन्सिलको चौतर्फी आलोचना भइरहेको छ ।


ताजा समाचार