Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

मैत्रीपुर्ण क्रिकेट खेलमा रोयल दरबार विजयी

जाजरकाेट । रोयल दरबार र मालिका योङ गन बिच भएको मैत्रीपुर्ण एक दिवसीय क्रिकेट खेलमा रोयल दरबार ७ विकेटले विजयी भएको
छ ।

बिहिवार खलङ्गा स्थित  त्रिभुवन माविको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मालिकाले ३६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो जसका लागि जीवन शाहिले २६ र क्याप्टेन युनिस बिक्रम सिंहले १२ रनको योगदान दिए ।

बलिङ तर्फ रोयलका विवश गिरिले ५ विकेट र रितिक जङ्ग शाहले १ विकेट लिएका थिए ।

१ सय २५ रनको लक्ष्य पाएर मैदान उत्रिएको रोयल ३७ ओभर ४ बलमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो जसका लागि युवराज खत्रीले नट आउट ५२ र मविन शाहले ११ रन बनाए भने बलिङ तर्फ मालिकाका क्याप्टेन युनिस बिक्रम सिंहले २ र प्रणाम भडेलले १ विकेट हात पारेका थिए ।

जाजरकोटमा क्रिकेट खेलको विकासको लागि सो खेल आयोजना गरिएको खेलाडि जिवन शाहिले बताए ।


ताजा समाचार