Loading... आजः बुधबार, असार ९, २०७८

बिद्यालयको भवन नहुँदा पठनपाठनमा समस्या

जाजरकाेट,८ कार्तिक । कुशे गाउँपालिका वडा नम्बर १ मा रहेको भगवती प्रावीमा पर्याप्त भवन नहुँदा पठनपाठनमा समस्या पर्ने गरेको छ । बिद्यालयको भवन जिर्ण भएपनि सरोकारवाला निकायले बेवास्ता गर्दा पठनपाठनमा समस्या पर्ने गरेको हो । बिद्यालयको भवन पर्याप्त नभएकोले पानी पर्दा पाँच ओटा कक्षालाएृ दुई कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको बिद्यालयका प्रधानाध्यापक गणेश नेपालीले बताए ।

‘बिद्यालयको पर्याप्त भवन नै छैन्’ प्रअ नेपालीले भने, ‘पानी पर्दा पाँच ओटा कक्षालाई दुई ओटा कोठामा राखेर पढाउनु पर्छ । त्यसरी पढाउनु पर्छ अनि कसरी हामीले गुणस्तरीय शिक्षा दिन सक्छौँ ?’ गत साउन १५ देखि भदौ महिनाको अन्तिमसम्म पाँच ओटा कक्षालाई दुई ओटै कक्षामा राखि पठनपाठन गरेको उनको भनाई छ । कक्षा कोठा नहुँदा बिद्यार्थीहरु पढ्न समस्या भएको भन्दै गुनासो गर्ने गरेको उनले बताए ।

‘बिद्यार्थीहरु पनि हामीलाई पढ्न अप्ठ्यारो हुन्छ भन्दै गुनासो गर्छन्’ उनले भने, ‘हामीलाई बिद्यार्थीको गुनासो थेग्नै नसक्ने भएको छ । उनीहरुलाई पढ्न समस्या त छँदै छ त्यो भन्दा ठुलो भनेको झनै उनीहरुलाई नियमित सबै कक्षा पनि सञ्चालन गर्न सकिँदैन् ।

’ बिद्यालयको भवनका लागि अभिभावकहरुले समेत पहल गरेपनि सरोकार वाला निकाय मौन रहेको उनले बताए । ‘बिद्यालयको हालत यस्तो छ, भन्ने कुरा स्थानीय सरकारलाई पनि थाहै छ’ प्रअ नेपालीले भने, ‘स्थानीय सरकारले बिद्यालयको यस्तो समस्यालाई पनि बेवास्ता गरीरहेको छ ।

’वडा अध्यक्ष गोपाल नेपालीका अनुसार बिद्यालय मर्मतका लागि गाउँपालिकासँग बजेटको माग गरेपनि गाउँपालिकाबाट सम्बोधन हुन सकेको छैन् । ‘हामीले बिद्यालय मर्मतबा लागि कार्य योजना बनाएर गाउँपालिकामा पठाएका हौँ’ उनले भने, ‘तर, अहिलेसम्म पनि गाउँपालिकाबाट त्यसको सम्बोधन भएको छैन् । बिद्यार्थीहरु समस्यामा परेका छन् ।’


ताजा समाचार