Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

हीरा भन्दा महङ्गो काइनाइट जाजरकोटमा, चोरी निकासी तिव्र

जाजरकोट । जिल्लाको पश्चिम क्षेत्रमा रहेको बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको चोरी निकासी तीव्र रुपले हुने गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौप्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनिचाँदे गाउँपालिकाको दह, मजकोट, कुशे गाउँपालीकाको टालेगाउँ, अछार्नी, छेडागाड नगरपालीका पजारु, लगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् ।

खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्र्षेिन करोडौं मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ, गर्खाकोट लगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी हुने गरेको हो ।

स्थानीय बजारमा उक्त पत्थर किलोको एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा एक सय ५० देखि एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । गाउँलेहरुले पटकपटक दैलेखको बाटो हुँदै खनिज पर्दाथ बिक्रीका लागि लगेकोे जुनिचाँदे गाउँपालीकाका स्थानीय हरुको भनाइ रहेको छ ।

साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाह्य बजारमा प्रतिकिलोको १५ हजारदेखि ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको काइनेट ब्यापारी हरुले जानकारी दिए ।

विश्वबजारमा जाजरकोटमा पाइने रत्न पत्थर हिरा भन्दा बौमुल्य रहेको टोनी हेगन रत्नपत्थर उद्योगका संचालक अर्पण रावलले जनाए । बहुमूल्य काइनाइट, क्वार्ज, टुर्मा्लिन लगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ ।

यस्ता पत्थरको चोरी निकासीबाट तस्करहरु मालामाल भएका छन् । खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करहरुले कम मूल्यमा खरिद गर्ने गर्छन्। पत्थर राजस्व छलेर तस्करले जिल्लाको विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् ।

जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो। खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ । अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन् ।

करोडौं मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ । जिल्लाका साविकका दर्जन गाविसका तीन दर्जन खानीमा पाइने मूल्यवान् खनिज पदार्थबाट सरकारी आम्दानी पनि शून्य रहेको छ । खोजतलास तथा उत्खनन्कर्ताले दशक अघिदेखि मूल्यवान पत्थर निकासी पैठारी गदै आए पनि राजश्व आम्दानी हुन नसकेको हो ।

कानुनविपरीत यी पत्थरको खोजतलास, उत्खनन् र चोरी निकासी हुँदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइन्छ । यता जुनिचाँदे गाउँपालिकाले खानी व्यवस्थित गर्न विशेष कार्यक्रम सुरु गर्ने बताएको छ। खानीको बारेमा विस्तृत अध्ययन गरी अब व्यवस्थित गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । यसलाई व्यवस्थित गर्न सके जुनिचाँदे गाउँपालिकालाई आर्थिक रूपमा सबल बनाउन सकिने अध्यक्ष केसीको भनाइ रहेको छ ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=Z2qbLYoLbrs


ताजा समाचार