Loading... आजः बुधबार, असार ९, २०७८

अदिति भारतीय म्युजिक भिडियोमा

काठमाडौं  । अनमोल केसीका हिरोइन खास बेरोजगार बन्नुपरेको छैन। तर, पछिल्लो फिल्म ‘कृ’की हिरोइन अदिति बुढाथोकी अपवाद बनेकी छिन्। उनको पछि न कुनै निर्माता छन्, न कुनै निर्देशक।

इस्टाग्राममा राम्रो फलोअर भएकी अदिति अनमोलको अपोजिटमा आउँदा उनको चर्चा चुलीमा थियो। फिल्म रिलिजपछि त्यो चुली त्यसरी नै सम्मियो, जसरी बढेको थियो। त्यसयता उनलाई कसैले नेपालमा देखेको छैन। ‘कृ’ लगत्तै भारत हानिएकी उनी त्यता पनि इन्स्टाग्राममा मात्र सक्रिय थिइन्। सदाझैँ यहाँ राखिएका हट फोटोले मिडियामा स्थान पाउँदै आएका थिए। तर, यो हप्ता उनको एउटा म्युजिक भिडियो सार्वजनिक भयो, जहाँ उनलाई भारतका चर्चित गायक मिलिन्द गावासँग भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ।

यसले देखाउँछ, अदितिले अभिनयको योजना बिट मारेकी छैनन्। बरु सानो पोखरीबाट ठूलो पोखरीमा हाम्फाल्ने निर्णय गरेकी छिन्। मनीषा कोइरालाबाहेक त्यहाँको पोखरीमा कसैले पौडन सकेनन्। अदिति थपिन्छिन् कि लिस्टमा ?


ताजा समाचार