Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

सन्दिप लामिछानेको अर्को ठुलो सफलता, अष्ट्रेलियन लिग ‘बिग बास’ खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा युवा बलर सन्दिप लामिछानले एक पछि अर्को सफलता हात पर्दै गएका छन् । सानो उमेरमा नै धेरै अनुभव र अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका युव क्रिकेटर लामिछानेले अर्को ठुलो सफलता हात पार्न सफल भएका छन् ।

अव लेग स्पिनर लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने भएका छन् । भखरै युएई मा सम्पन्न अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) सकिए सगैँ सन्दिपले अर्को सफलता हात पार्न सफल भएका हुन् । क्रिकेट वेबसाइट क्रिकइन्फोको अनुसार नेपाली युवा खेलाडी सन्दिपले मेलबर्न स्टार्ससंग सम्झौता गरीसकेका छन् ।

सन्दीपले मेलबर्न स्टार्सबाट ‘बिग बास’ खेल्ने भएका हुन् । ‘बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ । बिग बाँस मा ८ टिम को सहभागिता रहने जनाइएको छ ।

गत बर्ष आईपिएल मा छनोट भएर उत्कृष्ट प्रदशन गरेपछी सन्दिपको चर्चा विश्वभरी भएको छ । अहिले विश्वका उत्कृष्ट क्रिकेट टिमले उनलाई क्लवमा समावेस गर्न लागि परेका छन् । अहिले बिश्वको ध्यान सन्दिप मै गएको देखिन्छ ।

आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि २० लिग, युएई मा यहि आउदो नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म हुने टि–१० लिग प्रतियोगिता पनि खेल्दैछ्न । केरला किंग्सले ले उनलाई ३० हजार डलर मा अनुबन्धित गरेको छ ।


ताजा समाचार