Loading... आजः बुधबार, असार ९, २०७८

धेरै अाेडिअाई खेल्ने माैका तर विश्वकप यात्रा अफ्ट्याराे,बिश्वकप २०२३ नँया संरचना

काठमाण्डाै ।  सन २०२३ मा भारत मा हुने एकदिवसीय बिश्वकप का छ्नोट प्रक्रिया को अाईसीसीले नयाँ संरचना तय गरेको छ । सिङ्गापुरमा हिजाे (शनिबार) बसेको बिशेष बैठक मार्फत नँया संरचना तय गरेकाे हाे ।

नयाँ संरचना अनुसार यस बिश्वकप मा पनि २०१९ कै नियम अनुसार  १० टिम ले  सहभागिता जनाउने छ्न् तर विश्वकपमा पुग्ने प्रकृयामा भने ठुलाे परिवर्तन गरेकाे छ ।

बिश्वकपमा पुग्न अाईसीसीले कुल ५ वटा बाटो बनाएको छ जसमा आईसीसी सुपर लिग , आईसीसी लिग २ , आईसीसी च्यालेन्ज कप , चौथो बिश्वकप क्वालिफायर प्ले अफ र बिश्वकप क्वालिफायर  रहेका छन् ।

छ्नोट प्रक्रिया को पहिलो आईसीसी सुपर लिग मा हाल रहेका १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्याण्ड सहित कुल १३ रास्ट्रले सुपर लिग खेल्ने छन् । जसबाट उत्कृष्ट ८ टोलि सिधै बिश्वकप मा पुग्ने छ्न ।

यसपछि सुपर लिग का अन्तिम ५ टिम हरु ले पुन अर्को बिश्वकप छ्नोट खेल्ने मौका पाउने छ्न ।

यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन टु बाट आउने ४ टिम गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यसैगरी अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थान का १२ टिमहरु यो कप खेल्नेछन । च्यालेन्ज कप मा दुई समूह बिभाजन गरिने छ । ६/६ बटा राष्ट्रको २ समूह बाट समूह बिजेता बन्ने २ राष्ट्रले बिश्वकप क्वालिफायर प्ले अफ मा पुग्ने छ्न ।

प्ले अफ क्वालिफायर मा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिम मा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।

याे अाईसीसीकाे नयाँ प्रक्रियाले नेपाल लगायत एसाेसीयट राष्ट्रहरुले बढी खेल खेल्न पाएपनि १० राष्ट्रले मात्रै विश्वकप खेल्ने हुदा नेपाल लगायत एसाेसीयट राष्ट्रलाई विश्वकपमा पुग्न कठिन बनाएकाे छ ।


ताजा समाचार