Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

जाजरकोट दरवारमा फूलपाती यसरी भित्र्याइयाे, हेर्नुहाेस् भिडियाे सहित

जाजरकोट । दुई शताब्दी पुरानो ईतिहास बोकेको ऐतिहासिक जाजरकोट दरवारमा फूलपाती भित्र्याइएको छ ।

शक्तिको प्रतीक खड्ग देवतासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याइएको हो । जाजरकोटमा उखु, अदुवा, बेलपत्रलगायत पूजा सामाग्री र खड्ग देवतासहित फूलपाती भित्र्याउने चलन रहेकाे छ ।

जाजरकोटको पुरानो राजधानी जगतीपुरबाट खड्ग ल्याएर सदरमुकामस्थित दरवारको जमराघरमा धुमधामका साथ वैदिक परम्परा अनुसार पुजाआजा गरि बली दिएर भित्र्याउने चलन थियो ।  तर, माओवादी द्वन्दसँगै जिल्ला प्रहरी कार्यालय परिसरस्थित कालिका मन्दिरमा खड्ग देवता राख्ने गरिएको थियो । मङ्गलबार कालिका मन्दिरबाट उक्त फूलपाती दरबारमा पूजाआजा सहित भित्र्याइएको छ । पूजारी सहितकाे टाेलीले ल्याएको खड्ग र फूलपातीलाई प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत भित्र्याएका हुन् ।

उक्त देवीको खड्कको रहेको विस्वास गरिने उक्त ऐतिहासिक खड्ग विसं १८२५ मा बनारसको घाटमा पृथ्वीरानारायणले जाजरकोटी राजा हरि शाहसँग मीत लगाई हस्तातरण गरेका थिए । नेपाल एकीकरणको अभियानकमा लागेका गोर्खाली राजा पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो आक्रमणमा हार खाएपछि हातहतियारको जोहो गर्न भारतको बनारस गएका थिए ।

तिर्थ गर्न गएका जाजरकोटी तत्कालिन राजा हरि शाहसँग बनारसको मणिकर्णिका घाटमा भेट भएपछि दुवै राजाले नदीको पानी छोएर मीत लगाई एकीकरण अभियानलाई सघाउने, पृथ्वीनारायणको फौजले जाजरकोट राज्यमाथि आक्रमण नगर्ने, जाजरकोट राज्यको अस्तित्व कायम रहने लगायतका सहमती भएकाे इतिहासकार हरुकाे भनाई रहेकाे छ ।

सोही सम्बन्धका कारण नेपाल एकीकरणको अभियानमा लागेका पृथ्वीनारायणको सेनासँग जाजरकोटी राजाले आफ्ना भाईहरु गजेन्द्र शाह र सुरविर शाहलाई पश्चिम नेपालको लडाईामा पठाएका थिए । गोर्खाली सेनाले जाजरकोटको सहयोगमा पश्चिम नेपाललगायत तिव्वतको ताक्लाकोटमा समेत विजय हासिल गरेको ईतिहासमा उल्लेख छ ।

पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने परम्पराको थालनी गरेसँगै जाजरकोट दरबारमा पनि जगतीपुरबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको ईतिहासमा उल्लेख छ । । २ सय ५० वर्षअघि जाजरकोट राज्यको दरबार जगतीपुरमा रहेको थियो । हाल जगतीपुर दरबार भग्नावेश छ ।


ताजा समाचार