Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

आज अमेरिकी डलरको भाउ कति

काठमाडौँ । नेपाली बजारमा आज आइतबार अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ९० पैसाले घटेको अमेरिकी डलरको भाउ आजभने स्थिर रहेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १७ रुपैयाँ ४० पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४० पैसा छ। एक यूके पाउण्डको खरिददर १५५ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर १५५ रुपैयाँ ८८ पैसा छ।

आज एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ। एक युएई दिर्हामको खरिद दर ३१ रुपैयाँ ९६ पैसा र विक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ।


ताजा समाचार