Loading... आजः बुधबार, कार्तिक १०, २०७८

कोहलपुर १२ काे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

कोहलपुर । कोहलपुर नगरपालिका वडा नं १२ ले २०७५ सालको बिजया दशमी दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।

साथै यस वडामा स्नातकोत्तर तह पूरा गरि विभिन्न क्षेत्रमा उच्च सम्मानका साथ काम गर्दै आउनु भएका वडा नम्बर १२ का प्रमोद सुवेदी, एकराज शर्मा ,शिवलाल पाण्डे ,सुर्य ढकाल ,सुमित्रा न्यौपाने, महानन्द ढकाल,लगायत ८४ जना व्यक्तिलाई उहांहरुले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको छ।

स्थानीय सरकारले पहिलो पटक गरेको सम्मानले अझ शैक्षिक क्षेत्रमा राम्रो काम गर्ने जोश जागर बढ्ने देखिन्छ  जसले गर्दा स्थानीय सरकार प्रती सम्मानित व्यतित्वहरु लाई थप जिम्मेवारको महसुस भएको छ। आज सम्म कुनै पनि नगरपालिका ,गाउँपालिकाले नगरेको काम कोहलपुर नगरपालिका वडा नम्बर १२ले गरेको छ। देशकै नमूना काम गरि बालबालिका हरुलाई पढ्दा ठूलो व्यक्ती भै गाउँ समाज तथा देशमा सम्मान पाईदो रहेछ भन्न्रे हौसला प्रदान गर्दै भबिस्यमा केही गर्न प्रेरित गरि नमूना काम गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी संघीय सांसद महेश्वर गहत राज अथक र बिशिस्ट अतिथिमा पुर्व सिचाई राज्य मन्त्री दिनेशचन्द्र यादबको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै सघिय सासद गहतराजले वडा नम्बर १२ लाई शैक्षिकहब बनाउने अनि देशकै उत्कृष्ट वडा बनाउने बिकासे योजनामा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर पनि गरेका छन। कार्यक्रममा सम्मानित व्यतिहरु एकराज शर्मा,शिवलाल पाण्डे ,सुर्य ढकाल लगायतले शुभकामनाको साथै आफुले यस वडाको लागि योगदान दिदै आएको र आगामी दिनहरुमा पनि सक्दो योगदान दिएर स्थानिय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रम वडा अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।


ताजा समाचार