Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

कस्ले दियो नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्कि ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानमार्ने धम्कि आएको छ । दिल्लीको पुलिस कमिश्नरलाई आएको ईमेलमा प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कि आएको हो । यो खबरले भारतीय पुलिस प्रशासनमा अहिले हलचल मच्चिएको छ ।

दिल्लीका कमिश्नर अमूल्य पटनायकलाई एक लाईनको धम्की दिदैँ इमेल आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मोदीलाई ज्यान मार्ने धम्की भारतको आसामको ब्यक्तिबाट आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कस्ले यसरी ज्यान मार्ने धम्की दियो भन्ने खुलाईएको छैन ।

मोदीको ज्यान मार्ने धम्कि आएको यो नै पहिलो पटक भने होइन । यसअघि आतंकी संगठन आईएसआईइएसले गोवामा एक पत्र पठाउँदै प्रधानमन्त्री मोदी र रक्षामान्त्री मनोहर पर्रिकरलाई ज्यानमार्ने धम्कि आईसकेको छ ।


ताजा समाचार