Loading... आजः शनिबार, कार्तिक ६, २०७८

महिला टि-२० अन्तराष्ट्रिय क्रिकेट बरियतामा नेपाल १८ अाैँ  स्थानमा

काठमाण्डाै । अाइसिसिले १२ अक्टाेबर (अाज) सार्वजनिक गरेको महिला टि-२० अन्तराष्ट्रिय क्रिकेट बरियतामा नेपाल १८ अाैँ  स्थानमा अाएकाे छ ।

टि-२० अन्तराष्ट्रिय मान्यता प्राप्त पुराना र नयाँ गरेर ४६ देशलाई सम्मिलित गर्दै  अाइसिसिले नँया बरियता निकालेकाे हाे । महिला क्रिकेटलाई माथि उठाउन र सबै देशमा सहयाेग पुर्याउनकाे लागी अाइसिसिले अाफ्ना सदस्यहरुबिच खेलिने टि-२० लाई अन्तराष्ट्रिय मान्यता दिएकाे अाइसिसिले अाफ्नाे साईटमा लेखेकाे छ ।

एसाेसिएट राष्ट्रमा स्कटल्याण्ड(११) र थाइलेण्ड(१२) अग्र स्थानमा छन् । विश्व टि-२० अन्तराष्ट्रिय क्रिकेट बरियतामा अस्ट्रेलिया शीर्ष स्थानमा  छ दोस्रो स्थानमा न्युजिल्याण्ड, तेस्रो स्थानमा इङ्ल्याण्ड, चौथो स्थानमा वाेईस्ट इन्डिज, पाँचौँ स्थानमा भारत, छैटौँमा साउथ अफ्रिका, सातौँमा पाकिस्थान, आठौँमा श्रीलङ्का, नवौँमा बङ्लादेश र दशौँ स्थानमा अायरलेयाण्ड रहेका छन् ।


ताजा समाचार