Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

दुर्लभ रेडपाण्डाको छाला सहित ५ जना पक्राउ


जाजरकोट । दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालय बाँके तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले रेडपाण्डाको छाला सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर १ का ४६ वर्षका बुद्धि शर्मा, वडा नम्बर २ का २८ वर्षका मुकेश दमाई, बैजनाथ गाउपालिका वडा नं. ४ का ४१ बर्षका थमन दमाई, अर्का २८ बर्षका दिपक सुनार र प्रहरीले छाला सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सोही स्थान बस्ने २८ वर्षका दिपक सुनार र २१ बर्षका बलराज ऐडीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनिहरुलाई कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट दुर्लभ रेडपाण्डाको छाला सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले रेड पाण्डाको छाला लुकाईराखेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धी आवश्यक छानबिनकालागि प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस भिडियो 


ताजा समाचार