Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

टी–२० विश्वकप छनोटकाे चौथो खेलमा नेपालले भुटानसँग खेल्ने

काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ अन्तर्गत नेपालले चौथो खेलमा भाेली (म‌ङ्गलबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

यसअघिका ३ खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा  बिहान ७: ४५ मा शुरु हुनेछ। यसअघि नेपालले म्यानमार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।


ताजा समाचार