Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

सिके राउत विरुद्ध राज्य अपराधको मुद्दा

रौतहट ।  जिल्ला प्रहरी गौरले सिके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको छ ।

उनलाई जिल्ला प्रहरीले सोमबार अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिईएको छ । स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका र विभिन्न भड्किलो वक्तब्य दिँदै हिँडेका राउत विरुद्ध पटकरपटक राज्य विरुद्धको अपराधका मुद्दा लगाईए पनि छुट्दै आएका छन् । उनलाई अदालत ल्याउने क्रममा बाहिर सुरक्षा ब्यवस्था कडा बनाईएको थियो ।

जिल्ला अदालत गौरमा राज्य विरुद्धको अपराधकै मुद्दाको तारेख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई आईतबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरीका डीएसपी महेन्द्र मरासिनिले राउतलाई ४ दिनको म्याद थपि अनुसन्धान थालेको बताउनुभयो । ‘सिकेका बारे अनुसन्धान हुँदै छ, उहाँले भन्नुभयो, ‘केही समय सोधपुछ र अनुसन्धान गर्छौ ।’ पक्राउ पछि राउतका समर्थकहरु र गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि केही समय धर्नामा बसेका थिए । त्यस क्रममा समान्य झडप भएको थियो । प्रहरीको कुटाईबाट केहीलाई चोट समेत लागेको थियो । उनी मधेशका विभिन्न जिल्लाहरुमा गई स्वतन्त्र मधेशका बारेम उक्साउंथे । त्यही अनुसारको वक्तब्य दिन्थे । त्यस बिचमा कैयौं पटक उनी हरासतमा परेका थिए ।

प्रहरीले विभिन्न जिल्लाहरुमा उनी माथि मुद्दा समेत चलाएको छ । उनलाई मुद्दा चलाउन म्याद थप गराईने भएपछि दिउँसो देखी कार्यकर्ताहरु अदालत वरपर जम्मा भएका थिए । शादा पोशाकमा खटिएका प्रहरीले उनीहरु माथि निगरानी बढाएको थियो । केही समय अदालतमा राखेर उनलाई प्रहरी कार्यालय लगिएको छ । बुबासँगै रौटहटबाट पक्राउ परेका सिके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ । बुबा हिरासतमा परेपछि प्रहरीले राति नै उनलाई घर पुर्‍याईएको थियो ।

अदालतमा नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै छोरीलाई पनि प्रहरीले साथै लगेको थियो । तर राति नै छोरी आमालाई बुझाएको थियो । डीएसपी मरासिनीले रेवतीलाई राति नै जनकपुर पठाएर आमाको जिम्मा लगाइएको जानकारी दिनुभयो कान्तिपुरमा खबर छ ।।


ताजा समाचार