Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

रौतहटबाट सिके राउत पक्राउ

गौर । रौतहटको गौरबाट सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउसो स्वतन्त्र मधेसका अभियान्ता राउतलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनि पुरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले पक्रेको हो ।

पटकपटक मधेश अलग्याउने अभिव्यक्ति दिदै आएका राउत यसअघि पटकपटक पक्राउ पर्दै आएका थिए । राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन् ।

भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए ।


ताजा समाचार