Loading... आजः शनिबार, कार्तिक ६, २०७८

शिक्षा क्षेत्रमा नगरपालीकाकाे निग्रानी ,नियमित नपढाउने शिक्षकको तलब कटौती


असोज, २१ जाजरकोट । जाजरकाेटकाे भेरी नगरपालीकाले शिक्षा क्षेत्रमा कडाइ गरेकाे छ । नगरपालीकाले बिभिन्न बिद्यालयमा रहेका शिक्षकहरूमाथि निग्रानि सुरु गरेकाे हाे । राज्यकाे करबाट तलव खाएर  सर्वसाधार0ाका छाेरा छाेरीकाे भविश्य माथि खेलवाड गर्ने नपढाउने समयमा बिद्यालय नअाउने मापसे सेवन गर्ने शिक्षक माथि निग्रानि अगाढि बढाएकाे भेरी नगरपालीकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । यस्तै नगरपालीकाकाेनम्बर ७ मा रहेको सरस्बती माविका नौ जना शिक्षकको तलब कटौती हुने भएको छ । बिद्यालयमा नियमित नपढाउने शिक्षकहरुलाई कारवाही स्वरुव नगरपालिका शिक्षा समन्वय ईकाईले तलब कटौती गर्ने भएको हो । सरस्वती माबिका शिक्षकहरुले चालु आर्थिक बर्षको असारदेखि श्रावण महिनामा नियमित अध्यापन नगराएको भेटिएपछि तलब कटौती गर्ने प्रकृयामा गएको वडा अध्यक्ष चन्द्रवहादु शाहीले जानकारी दिए ।

‘उक्त बिद्यालयमा पढाउन नजाने तलब खान खोज्ने शिक्षकहरुको लाजमर्दाे हर्कत भेट्यौँ’ वडा अध्यक्ष शाहीले भने, ‘त्यसरी पढाउन नजाने तर तलब खान खोज्ने शिक्षकहरुलाई हामी कारवाही प्रकृयामा लैजान्छौँ ।’ बिद्यालयमा नियमित पढाउन नजाने नौ जना शिक्षकका तलब कटौती गर्न खोजिएको उनले बताए । बिद्यालयमा नियमित पढाउन नगई तलब खान खोज्ने शिक्षकहरु मध्ये जसवन्त बिक, ललित प्रशाद चौरासिया, बिजय प्रकाश चन्द, कमल बहादुर शाहि, नरसिंह बुढा, देव गुरुङ, गिता शाहि, दिपक बुढा, धिरेन्द्र शाही हुन ।
                                         शिक्षकलाई नियन्त्रण गर्ने प्रअ एक महिनामै ६ दिन बेखबर
नियमित पढनपाढन नगराउने तर तलब पुरै खान खोज्ने शिक्षक मध्ये प्रअ धिरेन्द्र शाही पनि हुन् । उनी एक महिनामै छ दिनसम्म बिदा स्वीकृत बिना नै बिद्यालयमा अनुपस्थीत भएका छन् । ‘म बिद्यालयको कामले नै हिँडेको थिएँ’ उनले भने, ‘म बिद्यालयको प्रअ हुँ । मैले को सँग बिदा लिनु प¥यो ?’

बिद्यालयको अनुमति बिना शिक्षकहरु लामो समयसम्म बिद्यालयमा अनुपस्थीत भएको कुरा सत्य भएपनि शिक्षकहरुले पाउनुपर्ने सेवा सुबिधा पाउनै पर्ने प्रअ शाहीले दाबी गरे । ‘सरहरु अनुमति बिना बिद्यालयमा नआउनु भएको सत्य हो’ उनले भने, ‘तर, सरहरुले पाउने सेवा सुबिधा त सबै पाउनु प¥यो नि । सरकारले दिने बिदा तथा तलब सरहरुले लिन पाउनु प¥यो नि !’

प्रअ शाहीले नियमित पढाउन नआउने शिक्षकहरुले पक्षमै वकालत गरेका छन् । ‘सरहरुले कारण बिशेष बिद्यालयमा खबर गर्न भ्याउनु भएन होला’ उनले भने, ‘तर, त्यसरी उहाँहरुले पाउने सेवा सुबिधा समेत कटौती गर्नु उचित हुँदैन् । यो बिषयमा मैले वडा अध्यक्षसँग पनि कुरा गरेको छु ।’


ताजा समाचार