Loading... आजः बुधबार, असार ९, २०७८

प्रशासनको निर्देशन पछि ट्याक्टर प्रयोग गरिएको सडक पुन कालोपत्रे गरिने


जाजरकोट । जाजरकोट–डोल्पा सडकको जिल्ला सदरमुकाम खलंगा खण्डमा कालोपत्रे गर्ने क्रममा ठेकेदार कम्पनीले बदमासी गरेको जनगुनासोको आधारमा स्थानिय प्रशासनले काममा रोक लगाएको छ । कालोपत्रे गर्नेक्रममा रोलरले गिट्टी पेल्नु पर्नेमा टिपर र ट्याक्टरले काम चलाउ गरेपछि स्थानियले विरोध गरेका थिए । विरोध पछि निर्माण कम्पनीका प्रतिनिधी प्रदिप लामालाई बोलाएर काम रोक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीको रोहवरमा ठेकेदार कम्पनीका प्रतिनिधीलाई लामालाई मापदण्ड विपरीत काम नगर्न निर्देशन दिएपछि काम रोकिएको प्रजिअ बस्नेतले बताए । आवश्यक उपकरण ल्याएर मात्र सडक मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छु प्रजिअ बस्नेतले भने ‘बर्षातका बेला ठाँटी स्थित रेडक्रसको भवन नजिक गएको ठुलो पहिरो अस्थायी रुपमा मर्मत गरी यातायातका साधन संचालन गर्ने ब्यवस्था मिलाईएको थियो । साथै नगर प्रमुख चन्द्रप्रकाश घर्तीले शुत्रवार आफनो सामाजिक सञ्जाल फेसबुक बाट ठेकेदार लाइ मापडण्ड अनुसार काम गर्नको लागी अनुरोध गरीको सार्वजनीक गरेका छन ।

भेरी नगरपालिका ०३, को सिटिजन बैंक नजिकको केही सडकखन्डको पिच गर्ने काममा ठेकेदारले गैरजिम्मेवारढङ्गले रोलर प्रयोग हुने ठाउमा ट्याक्टर प्रयोग गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साथै नगरपालिकाको इन्जिनियर पठाएर सोहिबेला नै मापदण्ड अनुसारमात्र काम अगाडि बढाउन भनिएको थियो तर उक्त निर्देशन लागू भएन १ बिहिबारै तत्कालै नगरपालिका र जिल्ला प्रशासन कार्यलयको समन्वयमा ठेकेदारलाई बोलाएर मापदण्ड अनुसार काम पुनः गर्न भनिसकिएको छ ।

साथै मैले सडक डिभिजनको प्रमुखलाई कल गरेर तत्कालै आपत्ती देखाउदा, उ काम विशेशले बाहिर रहेको र उक्त पिच स्वीकृत नहुने र पुन उपयुक्त रोलरले मापदण्ड अनुसार पिच गरेपछिमात्र स्वीकृत हुने आधिकारिक कुरा आइसकेको कुरा जानकारी गराउन चाहन्छु । तसर्थ हरेक समस्या र बिकृतिको समाधान पनि उपयुक्त बिधिले नै हुने हुँदा त्यो विधि अपनाइसकिएको हार्दिक जानकारी गराउन चाहान्छु ।

अस्थायी पर्खालमै कालेपत्रे गर्न थालिएकोले त्यस सम्बन्धमा पनि सडक डिभिजनले आवश्यक बजेटको ब्यवस्था गरि स्थायी रुपमा पक्की पर्खाल र जाली भरेर मात्र कालोपत्रे गर्नुपर्छ ।’

तीन बर्षमा सक्ने गरी राजेन्द्र जलजला कन्ट्रक्सनले जाजरकोट– डोल्पा सडकको खलंगा खण्डमा ६ किलोमिटर सडकको स्तरोन्नती सहित कालोपत्रे गर्ने ठेक्का दुई बर्ष अघि नै लिएको थियो । कालोपत्रे गरी सकेको करीव ३० मिटर सडकमा पहिरो गएपछि पुनः कालोपत्रे गर्ने क्रममा रोलरको सट्टा ट्याक्टर र टिप्पर प्रयोग गरिएको हो । तर निर्माण कम्पनीका प्रतिनिधि लामाले सडकको तल्लो सतह यस अघि नै रोलरले पेलिसकिएको र कालोपत्रेको क्रममा सडकको माथिल्लो सतहमा हालिएका गिटी चप्काउन टिपरको प्रयोग गरिएको स्वीकार गरे ।

‘गिट्टी चप्काउन रोलरको आवश्यकता पदैन । सवारी साधन चलाउँदै जाँदा आफै गिटी चप्किन्छ’ उनले भने ‘तर स्थानियको माग र प्रशासनको निर्देश अनुसार नै काम रोकेर रोलर ( पेल्ने मेसिन ) झिकाएको छु । अहिले काम स्थगित छ । रोलर आईपुगेपछि पुनः काम शुरु हुन्छ ।’ उनले पहिरो गएको ठाँउमा जाली भर्न र मेसिनरी पर्खाल लगाउन ठेक्काको स्टमेटमा नभएकोले थप बजेट र कार्यादेश चाहिने बताए ।

कालोपत्रे गर्ने क्रममा अधिकांश ठाँउमा नाली नकाटेर बनाईएको, कालोपत्रे गुणस्तरहिन भएको, कतिपय ठाँउमा पिच उप्किएको स्थानियले गुनासो गरेका छन् । सदरमुकाम भित्रकै काम झाराटार्ने प्रबृत्तिको र गुणस्तरहिन भएको स्थानिय गणेश थापाले बताए । उनले यस सम्बन्धमा बारम्बार कुरा उठाउँदा पनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो गरे । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशिस थापा मगरले सडक मापदण्ड अनुसार नै कालोपत्रे भएको दावी गरेका छन् ।

हेर्नुहोस भिडियो 


ताजा समाचार