Loading... आजः शनिबार, कार्तिक ६, २०७८

छिमेक लघुबित्त बित्तिय सस्था भालुवाङको ३ दिने आधारभुत बाख्रापालन तालिम सम्पन्न 

भालुवाङ्ग दाङ । छिमेक लघुबित्त बित्तिय सस्था भालुवाङ शाखाले ३ दिने आधारभुत बाख्रापालन तालिमको कार्यक्रम सम्पन्न गरेको छ ।

असोज १८ देखी २० गतेसम्म भएको कार्यक्रममा दाङ, प्युठान र अर्घाखाँची जिल्लाका सस्थांका सदस्यको उल्लेखनिय सहभागिता रहेकाे थियो, शाखा प्रबन्धक रामकृष्ण पान्डेको अध्यक्षतामा र इकाई प्रबन्धक दुर्गा घिमिरेको ब्यवस्थापन मा सुरु भएको कार्यक्रममा छिमेक बजार ब्यवस्था कम्पनिको तर्फबाट प्रशिक्षक सन्तोषि घिमिरेले बाख्रापालनको तालिम दिनुभएको थियो ।

उक्त तालिममा राप्ती गाउपालिकाका कृषि प्राबिधिक दयाराम चौधरीले हाल गाउपालिकाले बाख्रापालनमा दिदै आएको अनुदान, दर्ता प्रकिया र उद्धमिला दिदै आएको तालिमको बारेमा प्रस्ट पार्नु भएको थियो । प्रयोगात्मक र दृश्यात्म दुबैरुपमा गरीएको तालिम एकदमै फलदायी रहेको तालिममा उपस्थितहरुको धारणा थियो ।


ताजा समाचार