Loading... आजः आइतवार, कार्तिक ७, २०७८

निर्माला पन्तको हत्यारा पत्ता लगाउने को हुन यी धमला ?

तस्विरः जनता समाचार

काठमाडौ । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा आफूले पत्ता लगाउने एक पूर्वमन्त्रीले दाबी गरेकी छन् । नयाँ शक्ति पार्टीकी नेतृ एवम् पूर्वमन्त्री कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने दाबी गरेकी हुन् ।

शनिबार राजधानीमा निर्मलाको न्यायका लागि गरिएको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएकी छन् । पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै धमलाले सरकारले हत्यारा पत्ता लगाउन नसक्नु बिडम्बना भएको बताएकी छन् ।

पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्ति आसेपासे पुँजीवादमा रमाएकाहरुको निकृष्ट अभिव्यक्ति भएको उनले बताइन् । उनले महिला सांसदहरुको राजीनामा मागिन् । ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उनले कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् भनेकी छन् ।’

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिएकी छन् । जसले प्रमाण नष्ट गर्छ, उनीहरुलाई नै पन्तको हत्यारा थाहा रहेको उनले बताइन् । जनता समाचारले लेखेको छ ।

हेर्नुहोस यो भिडियो


ताजा समाचार