Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

नगरवासीमा जनचेतनाको अभाव ,प्रभावकारी भएन फोहोर ब्यबस्थापन

जाजरकाेट,२०असाेज ।  भेरी नगरपालिकाले बिगत लामो समयदेखि आफ्नो नगरलाई सफा स्वच्छ र हराभरा बनाउन लाखौँ रुपैँया बजेट खर्च गरेपनि फोहोर ब्यबस्थापन हुन सकेको छैन् । नगरपालिले फाहोर ब्यबस्थापनका लागि लाखौँ बजेट खर्च गरेपनि नगरवासिमा जनचेतनाको अभावका कारण फोहोर ब्यबस्थापन हुन नसकेको हो ।

आर्थिक बर्ष २०७४÷०७५ मा नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि २५ लाख रुपैँया ब्यबस्थापन गरेपनि समस्या समाधान हुन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीको भनाई छ । ‘हामीले गत बर्ष फोहोर ब्यबस्गापनका लागि २५ लाख रुपैँया बजेट बिनियोजन ग¥यौँ’ उनले भने, ‘जति बजेट खर्च गरेपनि हामीले फोहोर ब्यबस्थापनका लागि खासै उल्लेखनीय प्रगती गर्न सकेनौँ । अहिले पनि नगरवासीले जताभावी फोहोर फाल्ने गर्छन् ।’

नगरपालिकामा फोहोर ब्यबस्थापनकै लागि ट्याक्टर भाँडामा लिएर फोहोर फाल्ने दुई जना कर्मचारीको समेत ब्यबस्थापन गरेपनि नगरवासीले फोहोर ब्यबस्थापन गर्न सहयोग नगरेको भन्दै उनले गुनासो गरे । ‘फोहोर ब्यबस्थापन गर्न सहयोग हुन्छ होला भनेर हामीले ट्याक्टर र कर्मचारीको समेत ब्यबस्थापन ग¥यौँ’ उनले भने, ‘तर, नगरवासीले त्यही ट्याक्टरको पनि प्रयोग गर्नु हुन्न । महिनाको १५ दिन फोहोर फाल्ने मान्छे र ट्याक्टर सहित हामीले नगरको फोहोर फाल्न अभियान सुरु गरेका छौँ । तर, नगरवासीहरुले नत फोहोर ड्रसपिनमा हाल्छन्, नत फोहोर ट्याक्टरलाई नै बुझाउँछन् ।’

नरगपालिकाले फोहोर ब्यबस्थापनका लागि नगरका बिभिन्न ठाउँमा ७० ओटा ड्रसपिनको समेत ब्यबस्था गरेको छ । तर, नगरपालिकाले राखेको उक्त ड्रसपिनको नगरवासीहरुले दुरुपयोग गर्ने गरेको भन्दै नगरप्रमुख घर्तीले आक्रोश ब्यक्त गरेका छन् । ‘नगरवासीले फोहोर फाल्ने ड्रसपिनमा दिशा, सिसाका टुक्राहरु पनि फालि दिन्छन्’ नगरप्रमुख घर्तीले भने, ‘त्यसरी नकारात्मक काम गर्ने नगरवासीहरुलाई हामीले के गर्न सक्छाँै । पटक पटक त्यस्तो नगर्न सूचना पनि जारी ग¥यौ । तर, नगरवासीहमा त्यस्को खासै प्रभाव परेन ।’

नगरपालिकामा फोहोर ब्यस्थापन गर्नका लागि सबै भन्दा पहिले नगरवासीहरुमा जनचेतना जगाउन आबश्यक रहेको बताउँदै घर्तीले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने बताए । जनचेतनाको अभाव भएको ठाउँमा भौतीक सामाग्री मात्रै दिएर परीवर्तन गर्न नसकिने उनले बताए । ‘जाजरकोटका जनताहरुमा चेतनाको बिकास गराउनु पर्ने भएको छ’ उनले भने, ‘हामीले जति सुकै भौतीक स्रोत दिएपनि जति बजेट खर्च गरेपनि यहाँका मानिसमा जथाभावी फोहोर फाल्नु हुन्न भन्ने भावना जगाउन सकिएन भने समस्या ज्युको त्यु रहन्छ । त्यसैले अबका दिनमा हामीले सम्पूर्ण नगरबासिहरुमा चेतनाको बिकास गर्ने उदेश्यले अघि बढेका छौँ ।’ चालु आर्थिक बर्षमा नगरपालिकाले फोहोर ब्यबस्थापन गर्नका निम्ती करीब ५० लाख रुपैँया बिनियोजन गर्ने नगरप्रमुख घर्तीको भनाई छ ।

फोहोर ब्यबस्गापनका लागि नगरपालिकाले थप भौतीक स्रोतको समेत ब्यबस्थापन गर्ने तयारी गरेको उनले बताए । आफ्नो नगरपालिकालाई स्वच्छ सफा र हराभरा नगरपालिका बनाउनका लागि आफु कहिल्यै पछि नहट्ने बताउँदै आफ्नो कार्यकाल भित्रै नगरपालिकालाई फोहोर मुक्त बनाउने उनको भनाई छ । ‘मेरो कार्यकाल भित्रै जुनसुकै हालतमा भेरी नगरपालिकालाई फोहोर मुक्त बनाउँछु’ उनले भने, ‘यहाँ चेतनाको अभाव छ । अबका दिनमा चेतना र स्रोतको सदुपयोग गरी नगरपालिकालाई फोहोर मुक्त बनाउँनेछु ।’

हाल भेरी नगरपालिकाले फोहोर ब्यबस्थापन केन्द्र समेत बिकास गरीसकेको छ । नगरमा फोहोर ब्यबस्थापन भए सम्पूर्ण नगरवासीलाई नै फाईदा हुने बताउँदै उनले सम्पूर्ण नगरवासीलाई जथाभावी फोहोर नफाल्न सुझाव दिए । ‘नगरपालिकामा फोहोर नभए यहाँका नगरवासी नै स्वस्थ हुने हुन’ उनले भने, ‘जथाभावी फोहोर भएमा जनताहरुलाई बिभिन्न खाले रोगहरु लाग्छ । आफु रोगबाट बच्नकै लागि पनि जनताले जथाभावी फोहोर फाल्नु हुन्न ।’


ताजा समाचार