Loading... आजः बुधबार, कार्तिक १०, २०७८

मलेसियामाथि नेपालकाे ८ विकेटको जित

काठमाण्डाै । सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ८ विकेटको जित निकिालेको छ । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा जारी खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ रोजेको मेलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो ।

नेपालललाई जित दिलाउँने क्रममा कप्तान पारस खड्काले र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरे । ३७ बलमा ५२ रन बनाएका पारसले २ छक्का र ५ चौका प्रहार गरे । पारसलाई राम्र साथ दिएका ज्ञानेन्द्रले २४ बलमा १ छक्का र २ चौकासहित २७ रन बनाए ।

अब नेपालले अाफ्नाे तेस्राे खेल भाेली थाईल्यान्डसँग खेल्ने छ ।


ताजा समाचार