Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

मलेसियाद्वारा नेपाललाई १०१ रनकाे लक्ष, हेर्नुहाेस लाइभ भिडियाे

काठमाडौं । सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा जारी खेलमा मलेसियाले नेपाललाई जितका लागि रनको लक्ष्य दिएको छ । टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेको मेलेसियाले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए ।

प्रतियोगितामा नेपालका लागि यो दोस्रो खेल हो भने मलेसियाका लागि तेस्रो खेल हुनेछ । प्रतियोगितामा यी दुवै टोली अहिलेसम्म अपराजित छन् । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई आठ विकेटले पराजित गर्दा मलेसियाले भने पहिलो खेलमा भुटानलाई ६७ रनले पराजित गरेको थियो । बिहीबारको खेल भने वर्षाका कारण पूरा हुन नपाउँदा मलेसियाले थाइल्यान्डसँग एक/एक अंक बाँडेको थियो ।

नेपालले २० ओभरको क्रिकेटमा मलेसियासँग लामो समयपछि खेल्न लागेको हो । सन् २०१३ मा काठमाडौंमै भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) टीट्वेन्टी कपअन्तर्गत समूहगत चरणको खेलमा प्रतिस्पर्धा गरेयता नेपालले २० ओभरको खेलमा मलेसियासँग पहिलो पटक खेल्न लागेको हो । सो खेलमा नेपाल १९ रनले विजयी बनेको थियो ।

लाइभ भिडियाे : DC nepal बाट


ताजा समाचार