Loading... आजः शनिबार, कार्तिक ६, २०७८

भेरी नगरपालिकामा नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना


जाजरकोट । १५ देखि २४ बर्ष उमेर समुहका युवती महिलाहरुको मातृ तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना भेरी नगरपालिकामा संचालन भएको छ ।

परियोजनाले युवती महिलाहरुको शारिरिक र मानसिक रुपमा प्रजननको शुरुवातको अवस्था देखि वैवाहिक जीवन र मातृत्वको रुपमा रुपान्तरण गर्ने उद्देश्य राखेको छ । दातृ संस्था मार्गरेट कारगील फाउन्डेसन तथा सदस्य राष्ट्र सेभ द चिल्ड्रन अमेरीकाको सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सझेदारीमा परियोजना लागु भएको छ ।

यो परियोजनाले भेरी नगरपालिकाका १३ वटै वडामा कार्य संचालन गर्ने भएको छ । यस परियोजनाले १५ देखि २४ बर्ष उमेर समुहका किशोर किशोरी र युवायुवतीहरुलाई लक्षित गरीको यस परियोजना संयोजक रियांका श्रेष्ठले जानकारी दिनु भयो ।

परियोजना लागु भएसंगै युवती महिलाहरुमा पहिलो गर्भको समयलाई ढिलो गराउने र जन्मान्तर बढाउने, आफ्नो स्वास्थ्यको आफै हेरचाह र निनिहरुका नवजात शिशु र बच्चाको जन्म पश्चात हेरचाह बारे ज्ञान र क्षमतामा सुधार ल्याउनु र घरव्यवहारमा वित्तीय व्यवस्थापन गर्न सहभागी हुने पाँचतारा युवा संरक्षक मञ्चका छवि पंन्तले जानकारी दिनु भयो ।

शुक्रवार भएको परियोजनाको परिचयात्मक बैठमा बोल्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तीले परियोजना परिणाम मुखी हुनुपर्ने बताउनु भयो । परियोजनाले बालबिवाह न्युनिकरण र रोकथाममा महत्वपुर्ण भुमिका खेल्ने शिस्वास व्यक्त गर्नु भयो । पाँचतराले शुक्रवार नगरपालिकामा परिचयात्मक बैठकको आयोजना गरी परियोजनाको बारेमा जानकारी गराएको छ ।

सन् २०१८ मे १ देखि २०२१ को अप्रील ३० सम्म यो परियोजना संचान हुने छ ।  जिल्लाको छेडागाड नगरपालिकाकामा पनि यो परियोजना लागु भएको छ ।


ताजा समाचार