Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

छेडागाड नगरपालिकाको ११ नम्बर वडामा सार्वजनिक सुनुवाई सम्पन्न


जाजरकोट । वडा कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधाको प्रभावकारीताको बारेमा छेडागाड नगरपालिकाको एक वडामा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ११ मा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । ११ नम्बर वडा कार्यालयको आयोजनामा पहुँच कार्यक्रमर सेभ द चिल्ड्रेनको आर्थिक सहयोग सार्वजनिक सुनुवाई भएको थियो ।

वडाअध्यक्ष चक्र बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयले प्रवाह गरेको बिभिन्न सेवा तथा सुविधाको प्रभाकारीताको वारेमा नागरीहरुको जिज्ञासा राखेका थिए । ति जिज्ञासाहरुको जवाफ दिन नगर उपप्रमुख सरिता वली, प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद आचार्य, स्रोत व्यक्ति मणिराम पोखरेल, नगर स्वास्थ्यका प्रतिनिधि अहेव पवन थापा, महिला बालबालिका शाखाकी लक्ष्मी सुवेदी र वडा सचिव भद्र बहादुर शाही जवाफदेही व्यक्तिको रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले आफ्ना बिभिन्न गुनासा र सुझावहरु राखेको थिए । उनिहरुले विकास निर्माण, योजना तर्जुमा, सामाजिक सुरक्षा प्राप्तिको प्रक्रिया र योजना मागका गरेको वडा सचिव भद्र बहादुर शाहीले जानकारी दिनु भयो ।

सर्वाजनिक सुनुवाई कार्यक्रम मार्फत कार्यलयबाट प्रवाह गरिने बिभिन्न कार्यक्रम तथा योजनाहरु नागरीकहरुलाई जानकारी गराउन वडा सचिव शाहीले बिशेष पहलकदमी गर्नु भएको थियो ।

कार्यक्रममा १ सय ३० जना भन्दा बढि सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । वडामा गत आर्थिक बर्षमा संचालन भएका योजनाहरूको प्रगति, सामाजिक सुरक्षा भत्ता वितरण विवरण, व्यक्तिगत घटना दर्ताको विवरण लगायत यस आर्थीक बर्षमा गरपालिकाबाट ११ नं वडामा स्वीकृत भएका योजनाहरूको विवरण सार्वजनिक गरिएको वडा सचिव शाहीले जानकारी दिनु भयो ।


ताजा समाचार