Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

यू–१९ क्रिकेट सिरिजकाे पहिलाे खेलमा एम.एस. एकेडेमी सुर्खेत विजयी

सुर्खेत । सुर्खेतमा जारी यू–१९ मैत्रीपूर्ण सिरिजको पहिलो खेलमा कप्तान सौगात कार्कीको अलराउण्डर प्रदर्शनले एम.एस. क्रिकेट एकेडेमी सुर्खेत २४ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ्ग रोजेको नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरले १९.३ ओभरमा एम.एस.लाई अलआउट पारेको थियो । जसको लागि प्रवेश क्षेत्रीले ३.३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै सन्दीप नेपालीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिन सफल भए ।

ब्याटिंग तर्फ एम एस क्रिकेट एकेडेमीका ब्याटसम्यान निश्चल बस्नेतले १९ बलमा २९ रन, कप्तान सौगात कार्कीले ११ बलमा १८ रन जोडे । यस्तै भानु सुनारले २० बलमा १७ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक जोड्न नसक्दा ११८ रनको योगफल बन्यो ।

जवाफी ब्याटिङ्गमा उत्रेको नेपाल स्टार्सको तर्फबाट मनिष थापाले सर्वाधिक २२ रन र दिलिप सुनारले २० रन मात्र जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा १७.४ ओभरमा अल आउट हुँदै ९४ रनमा समेटियो । यस्तै बलिङ्गतर्फ एम.एस.का कप्तान सौगात कार्कीले ३ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिए । साथै टोपेन्द्र जि.सी.ले २.४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएपछि जित सहज बनेको हो । खेलको म्यान अफ द म्यान कप्तान सौगात कार्की घोषित भए ।

यस्तै भोलि शनिबार बिहान ७ः३० बजे ३० ओभरको फाइनल खेल हुने एकेडेमीका सञ्चालक मोहन प्रकाश शाहीले बताए । क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरुको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गरेको उनको भनाई छ ।


ताजा समाचार