Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

अवसरको सदुपयोग गरी सुन्दर नगरपालिका बनाउः नगरप्रमुख घर्ती


जाजरकोट । भेरी नगरपालिकालाई समृद्ध बनाउने सुन्दर अवसरको सदुपयोग गर्नुपर्ने नगरप्रमुख चन्द्र प्रकाश घर्तीले बताउनु भएको छ । नगरपालिकाका प्रतिनिधिहरुलाई यस्तो ऐतिहाँसिक अवसर फेरीफेरी नआउने भन्दै आएको अवसरलाई सदुपयोग गर्नु पर्ने उहाँले बताउनु भएको हो । बिहिबार भेरी नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ बार्षिक समिक्षा गोष्टिमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नगर प्रमुख घर्तीले जनप्रतिनिधिहरु कुनै लोभ र लालच नगरी जनताको हितमा काम गर्न निर्देशन समेत दिनु भएको छ । अहिले आफ्ना स्वार्थहरुलाई पन्छाएर भावि पुस्ताले गर्व गर्न सक्ने काम गरेर देखाउनु पर्ने उहाँको भनाई छ । यो समय तेरो र मेरो भन्ने होइन, काम गरेर देखाउने हो, अनिमात्र भोली सिर ठाडो परेर हीड्न सक्छौ नगरप्रमुख घर्तीले भन्नु भयो । चोकचोकमा कुरा काट्नेको पछी नलागी राम्रो मनले काम गर्न वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गर्नू भयो ।

नगरपालिकाले गत आर्थिक बर्षमा गरिएका बिभिन्न कार्यक्रमहरुको बिहिवार समिक्षा गरेको छ । नगर क्षेत्रभित्र गरिएको बिभिन्न योजनाहरुको समिक्षा गरिएको थियो । तेस्तै बिभिन्न उपशाखाहरुले आफुले गरेका कार्यक्रमहरुको प्रस्तुतिकरण गरेका थिए ।


ताजा समाचार