Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

मनपरी भाडा अशुली गर्ने सवारीसाधन परे कार्बाहीमा


जाजरकोट । तोकिएकोे भाडा दर भन्दा बढि भाडा अशुली गर्ने सवारी साधन कार्वाहीमा परेका छन् । छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत कुदु, मेटेला खलंगा खण्डमा यात्रुहरुबाट मनपरी भाडा लिने सवारीसाधन कार्वाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इन्द्रजित सुनारको नेतृत्वमा गएको ट्राफिक प्रहरी सहितको टोलीले मनपरी भाडा अशुली गर्ने सवारी साधनलाई कार्वाही गरेको छ । चेकजाँचको क्रममा बढी भाडा अशुली गर्ने ४ वटा जिपलाई कार्वाही गरिएको छ ।

त्यस्तै ट्राफिक नियम विपरित सवारी चलाउने २ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । उनिहरुवाट ६ हजार जिरीवाना तिराइएको छ । दशैतिहार नजिकिदै यातायात व्यावसायीले मनपरी भाडा अशुली गर्न थालेपछि सवारी साधन चेकजाँचलाई तिव्रता दिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनु भयो ।

यसैविच प्रहरी चौकी छेडागाडको टोलीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी सायक निरिक्षक सुनिल थापा नेतृत्वको टोलीले शिवालय गाउँपालिकाको बालुवा र मोर्कवजारको आसपासका घरहरुकमा चेकजाँच गरि घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जफत गरी नष्ट गरेको हो ।

एक सय लिटर मदिरा, ३ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ड्रम लगायतका सामग्रही जफत गरी नष्ट गरेको प्रहरी जनाएको छ ।


ताजा समाचार