Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकोटमा २२ हजार जनाले गरे स्वास्थ्य बिमा, २५ सय तिरे ५० हजारसम्मको सेवा


जाजरकोट,१८ असाेज । जाजरकोट जिल्लामा १४ महिना भित्रै २२ हजार नौ सय ७६ जनाले स्वास्थ्य बिमा गरेको पाईएको छ । कर्णली प्रदेशमा रहेका जिल्लामा मध्ये बिकट मानिएको जाजरकोटमा १४ महिनामै २२ हजारभन्दा बढि मानिसले स्वास्थ्य बिमा गरेका हुन् । जाजरकोटमा २०७४ असार १५ गतेबाट स्वास्थ्य बिमा लागु भएको जिल्ला स्वास्थ्य बिमा कार्यालयका दर्ता अधिकारी ईराजन शाहीले बताए । ‘हाम्रो जिल्ला बिकट मानिए पनि स्वास्थ्य बिमा अन्तको तुलनामा प्रभावकारी देखिएको छ’ शाहीले भने ।

स्वास्थ्य बिमा गर्न पाँच जनाको परीवारका लागि बर्षको दुई हजार पाँचसय रुपैँया मात्रै लाग्ने गरेको शाहीले जानकारी दिए । ‘पाँच जनाको परीवारको स्वास्थ्य बिमा गर्नका लागि बर्षको मात्रै २५ सय रुपैँया लाग्छ’ उनले भने, ‘त्यो पैसाबाट उनीहरुले बर्षभरी ५० हजार सम्मको औषधी उपचार पाउनु हुन्छ । सस्तोमा सेवा सुबिधा पाउनका लागि स्वास्थ्य बिमा अत्यन्तै आबश्यक हुन्छ ।’

जाजरकोट जिल्ला भरी स्वास्थ्य बिमा दर्ता सहयोगीहरु जम्मा ७६ जना रहेको जिल्ला स्वास्थ्य बिमा बोर्डले जनाएको छ । जिल्लाका बिभिन्न ठाउँमा उचित जनचेतना दिन नसक्दा पनि स्वास्थ्य बिमा गर्नबाट जनताहरु बन्चित भएका शाहीको भनाई छ । ‘हाम्रो जिल्लाका कतिपय ठाउँमा जनचेतनाको कमीले पनि स्वास्थ्य बिमा अझैँ प्रभावकारी हुन सकेको छैन्’ उनले भने, ‘पहलिे बिभिन्न किसीमका हर्बल कम्पनीहरुले अनेकौँ प्रवोलन देखाउँदै पैसा असूल्ने गरेकाले स्वास्थ्य बिमालाई पनि त्यस्तै सम्झिँदा प्रभावकारी नभएको हो ।’

स्वास्थ्य बिमा मार्फत सेवाप्रदायक संस्थाहरुको कमिकमजोरीको कारण पनि स्वास्थ्य बिमा गर्नेमा नकारात्मक असर पर्ने गरेको उनको भनाई छ । ‘कतिपय सेवा प्रदायक संस्थाका कर्मचारीको लापरवाही र गैर जिम्मेवारी पाराले स्वास्थ्य बिमालाई नकारात्मक असर पारेको देखिन्छ’ उनले भने, ‘कतिपय स्वास्थ्य प्रदायक संस्थामा नियमित डाम्टर नहुने, डाक्टर हुँदा पनि स्वास्थ्य बिमाका बिरामीलाई हेलचक्¥याँई गर्ने, कतिपय ठाउँमा औषधी नै नहुने गर्नाले पनि जनताहरुले बिमा गर्न नमान्ने गरेका छन् ।’

उनले थपे, ‘स्वास्थ्य बिमा गर्ने जनताहरुमा पनि एक किसिमको छुट्दै घमण्ड छ । जस्तो कि म बिमा गरेको मान्छे हो मैले छिट्टो छरीतो सेवा पाउनु पर्छ भन्छन् । एकथरी लाई भने बिमा गरेपछि के—कस्तो सेवा पाउने भन्ने पनि अन्योलमा छन् ।’
शाहीको अनुसार स्वास्थ्य बिमा गर्नु आर्थिक रुपमा मात्रै फाईदा नभई धर्म पनि हो । ‘स्वास्थ्य बिमा गर्ने जो कोही पनि अब उपचार नपाएरै मर्नुपर्ने अबस्था रहन्न’ उनले भने, ‘२५ सय रुपैँया तीरेर बिमा गर्ने परीवारले बर्षको ५० हजारसम्मको स्वास्थय सेवा लिन सक्नु हुन्छ । यदी कुनै परीवारले सेवा नलिए त्यही पैसाले अर्काे परीवारले सेवा लिन्छन् यस कारण स्वास्थ्य बिमा गर्नु धर्म पनि हो ।’


ताजा समाचार